युडब्लुएसको ‘सिकाईदेखि कार्यान्वयनसम्म’ कार्यक्रम सम्पन्न, ‘शून्य शैक्षिक गरिबीे’ अभियान सुरु

युडब्लुएसको ‘सिकाईदेखि कार्यान्वयनसम्म’ कार्यक्रम सम्पन्न, ‘शून्य शैक्षिक गरिबीे’ अभियान सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । युनाईटेड वर्ल्ड स्कुल (युडब्लुएस) नेपालले आयोजना गरेको ‘युके एड म्याच चौथो चरणः सिकाईदेखि कार्यान्वयनसम्म’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कुनैपनि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रम ललितपुरमा प्यानल छलफल गरी सम्पन्न गरिएको हो । त्यस्तै, कार्यक्रममा युडब्लुएस नेपालका राष्ट्रिय निर्देशक सूर्य कार्कीले समावेशी शिक्षाप्रति संस्था प्रतिवद्ध रहेको बताउँँदै ‘शून्य शैक्षिक गरिबीे’ अभियानको औपचारीक घोषणा गरेको जानकारी गराए । ‘शून्य शैक्षिक गरिबी’को अभियानले सन् २०३० सम्म १ लाख विद्यार्थीमा गुणस्तरीय शिक्षाको पहुँच पुर्याउने, ५ हजार शिक्षकलाई तालिम प्रदान गर्ने तथा शिक्षा गरिबी अन्त्य गर्न सरकार, संघसंस्था र सबै समझेदारहरुसंग मिलेर सक्रिय पहल गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका नेकपा एमालेका सांसद योगेश भट्टराईले युडब्लुएसले गुणस्तरीय शिक्षा र विद्यालयको भौतिक पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विश्वविद्यालय शिक्षाभन्दा प्रारम्भिक बाल विकास (इसीडी) शिक्षामा लगानी गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमको मुख्य आकर्षण प्यानल छलफल रहेको थियो । नदेखिएका शैक्षिक संकटः जस्तै आधारभुत तहको साक्षरता, शैक्षिक वित्तिय व्यबस्थापन, शिक्षाका नीतिगत कमजोरी विषयमा छलफल गरिएको थियो ।

उक्त छलफलमा वर्ल्ड एजुकेशनका कन्ट्री डाइरेक्टर हेलेन शेर्पा, आइकाका सिनियर प्रोग्राम म्यानेजर कृष्ण लम्साल, विलिङ्कनाउ फाउन्डेशनका कन्ट्री रिप्रिजेन्टेटिभ एसपी कलौनी, काठमाडौं विश्वविद्यालयकी इसीडी एक्सपर्ट मिनाक्षी दाहाल, तथा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य उसा झाले आफ्नो विचार राखेका थिए ।

राष्ट्रिय योजना आयोगकी पूर्वअध्यक्ष उसा झाले शिक्षा क्षेत्रमा बजेटको कमी नभएको बताइन् । उनले भनिन्, ‘हामीले गुणस्तरीय शिक्षाको कुरा गर्छौं । बिल्डिङ ठुलो बनाउँँछौ‌ं । पहिला शिक्षक छ/छैन बुझ्नुपर्यो । त्यहाँ स्कूल, टिचर, म्यानेजमेन्ट राम्रो भइदिनुपर्याे सानै घरमा भएपनि पढाउन त सकिन्छ । गुणस्तरीय शिक्षाको लागि बिल्डिङ ठुलो हुनुपर्छ भन्ने छैन ।’

विलिङ्कनाउ फाउन्डेशनका कन्ट्री रि-प्रिजेन्टेटिभ एसपी कलौनीले सिकाईमा ‘क्रिटिकल थिंकिङ’ आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल फिजिकल डेभलपमेन्टको हिसाबले ब्रेन, न्युरो, क्रिटिकल थिंकिङ सबै कुराको डेभलपमेन्ट भैरहेको अवस्था छ । यदि विद्यार्थीको ब्रेन स्पिड भयो भने सोसल इमोस्नल डेभलपमेन्टको लागि पनि हेल्दी ह्याबिट्सहरु डेभलप हुन्छ ।’

त्यसैगरी काठमाडौं विश्वविद्यालकी इसीडी एक्सपर्ट मिनाक्षी दाहालले बालबालिकाले पुस्तक पढेर मात्र नभई अन्य क्रियाकलाप गरेर पनि सिक्न सक्ने बताइन् । त्यसैले लर्निङ वाई डुइङ सिकाई विधि उपयुक्त हुनेमा उनको जोड थियो ।

सन् २०१५ मा स्थापित युडब्लुएस नेपालको ग्रामीण भेगका ५ जिल्लाका २८ नगरपालिका ३ सय २१ दुर्गम समुदायमा शैक्षिक रुपान्तरण गरी १ सय ७ विद्यालय मार्फत २० हजार ६ सय ९० विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा पु¥याएको छ । सिकाईमा रहेका प्रणालीगत अवरोधहरु हटाउँदै सिमान्तकृत क्षेत्रहरुमा दिगो सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

Logo