काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि विशेष सूचना सत्रको आयोजना गर्ने भएको छ । अमेरिकाको टेक्सास स्टेट युनिभर्सिटीको आधिकारिक भर्ना साझेदार देवयानी खरेकाे विशेष उपस्थितिमा आगामी शुक्रबार विशेष सूचना सत्र आयोजना गरिएकाे हाे ।
कार्यक्रममा खरेले विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनको अवसर र टेक्सासमा उपलब्ध सुविधाबारे विस्तृत जानकारी गराउने इन्लाइटनले जानकारी दिएको छ । सो सूचना सत्र चैत्रको २९ गते शुक्रबार इन्लाइटनको केन्द्रिय कार्यालय बागबजारमा हुँदैछ ।
इन्लाइटनका अनुसार सूचना सत्र बिहान साढे १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म आयोजना हुनेछ । यस सत्रबाट टेक्सास स्टेट युनिभर्सिटीमा उपलब्ध शैक्षिक कार्यक्रम साथै छात्रवृत्ति अवसरहरू बुझ्न सकिने बताइएको छ ।
यस्तै, आवेदन र भिसा प्रक्रियाबारे र स्नातक पछिको क्यारियरका लागि आवश्यक परामर्श पनि दिइने बताइएको छ । टेक्सास स्टेट युनिभर्सिटी अमेरिकामा उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्य मध्ये एक हो । यो सत्रमा टेक्सासकी आधिकारिक भर्ना साझेदार देवयानी खरेले विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा मार्गदर्शन गर्नेछिन् ।
सीमित सिटहरू उपलब्ध भएकाले आफ्नो स्थान चाँडै सुरक्षित गर्न पनि इन्लाइटनले अनुराेध गरेकाे छ ।
साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।































प्रतिक्रिया