काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका प्रा. डा. केसरजंग बरालको राजीनामा पत्र प्रधानमन्त्री केपी शर्मा ओलीसामू पेस गरिने भएको छ ।
बरालले दिएको राजीनामा उनले नै दिएको हो भन्ने पुष्टी नभएपछि कुलपति ओलीलाई पेस गर्न ढिलाइ भएको थियो ।
प्रधानमन्त्री कायालयले उपकुलपति बरालसँग पटक पटक फोनबाट कुरा गरेपछि कार्यालयले प्रधानमन्त्रीसामू पेस गर्ने भनिएको छ । आज प्रधानमन्त्री ओली काठमाडौ बाहिर भएकाले फर्किएपछि पेस गर्ने तयारी छ ।
उपकुलपति बरालको राजीनामाको विषय प्रक्रियामा रहेको प्रधानमन्त्री कार्यालयले बताइसकेकाे छ । उनी राजीनामा दिएर सम्पर्कविहीन बनेकाले उनको राजीनामा सनाखत नभएको अवस्था थियो ।
साथै उनले त्रिविका कुलपति तथा प्रधानमन्त्री ओलीलाई भेटेर राजीनामा पनि दिएका थिएनन् । त्यसैले पनि प्रधानमन्त्रीको कार्यालयले बरालको राजीनामाको सनाखत गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
बरालले चैत १५ मा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए त्यपछि उनी पोखरा घर पुगेका थिए ।































प्रतिक्रिया