त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत

त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् ।

गत चैत ११ गते उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र दिएका थिए । गत वर्षको फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका थिए ।

Logo