काठमाडौं । के तपाईं उच्च शिक्षाका लागि वैदेशिक अध्ययनमा जाने योजना बनाउँदै हुनुहुन्छ ? कक्षा १२ को परीक्षा नजिकै आएको छ । १२ को परीक्षा पछि होस् वा स्नातक तहको, फुर्सदको समयमा वैदेशिक अध्ययनका लागि तयारी गर्दा उत्तम हुन्छ । यदि तपाईं यस्तो योजना बनाउँदै हुनुहुन्छ र कुन कन्सल्टेन्सीबाट तयारी कक्षा, परामर्श लिने द्विविधामा पर्नुभएको छ भने आज हामी तपाईंको सहजताका लागि भरपर्दाे र गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको ‘ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशन’ को बारेमा जानकारी दिनेछौं ।
सन २००६ मा ‘कनेक्टिङ लाइफ एण्ड लर्निङ’ भन्ने नाराका साथ स्थापना भएको ‘ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशन’ले गुणस्तरीय र प्रभावकारी शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।
विश्वभर सेवा प्रदान गर्ने नेपालकै उत्कृष्ट परामर्शदाताको रूपमा आफूलाई स्थापित गर्न सफल भएको ‘ग्रेस इन्टरनेशनल’ एक अग्रणी परामर्श केन्द्र हो ।
ग्रेस इन्टरनेशनल एउटा यस्तो शैक्षिक परामर्श केन्द्र हो, जहाँ वैदेशिक अध्ययनका लागि ८० प्रतिशत विद्यार्थीहरूको भिसा लाग्ने गरेको छ ।
विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा पर्दै आएको ग्रेस इन्टरनेशनलले विद्यार्थीहरूलाई अमेरिका, अष्ट्रेलिया, क्यानडा, कोरिया, जापान, यूके र न्युजिल्यान्ड लगायतका देशहरूमा पठाउँदै आएको छ । यस संस्थाले लामो अनुभव भएका परामर्शदाताबाट सत्य तथ्य जानकारीसहित गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको छ । त्यसैले त विद्यार्थीहरूले विदेशमा गएर उच्च शिक्षामा उडान भर्न सफल भएका छन् ।
अहिले देश तथा विदेशमा उक्त शैक्षिक परामर्श संस्थामा लामो समयको अनुभव सँगालेका ७० भन्दा बढी परामर्शदाताहरूले विद्यार्थीलाई उपलब्धिमूलक परामर्श दिँदै आएका छन् । ग्रेससँग हरेक वर्ष ५ हजार ८ सय भन्दा बढी विद्यार्थी जोडिन आउँछन्, जसमध्ये हरेक वर्ष ३ हजार १ सयको हाराहारीमा विद्यार्थीलाई वैदेशिक अध्ययनमा पठाउन सफल भएको ग्रेस इन्टरनेशनलका सह-संस्थापक एवं निर्देशक एन्ड्रियु पौडेलले बताए ।
न्युजिल्यान्ड, अष्ट्रेलिया, युएई, बंगलादेश, इन्डोनेसिया, श्रीलंका, पाकिस्तान, केन्या, भारत लगायतका १० वटा देशहरूमा ग्रेस इन्टरनेशनलले शाखा स्थापित गर्न सफल भएको छ । त्यसैगरी १० वटा देशहरूमा ग्रेसका ३८ वटा कार्यालयहरू रहेका छन् ।
अन्तर्राष्ट्रिय रूपमा शाखा विस्तार गर्न अग्रपंक्तिमा रहेको ग्रेसले उक्त देशहरूबाट विद्यार्थीहरूलाई विश्वभर अध्ययनका लागि जान सहज भूमिका निर्वाह गर्दै आएको छ । ग्रेसमा विश्वव्यापी रूपमा ५ सयभन्दा बढी शैक्षिक पार्टनरहरू आवद्ध रहेका छन । जसमा ८ सयको हाराहारीमा प्रोफेसनलहरू रहेका छन् ।
ग्रेसले देशैभर हजारौं विद्यार्थीहरूलाई ‘आईईएलटीएस’, ‘पीटीई’ टाेफेल, जिम्याट र स्याट अध्ययन गराउँदै आएको छ । ग्रेसमा परामर्श लिने विद्यार्थीहरूलाई टेस्ट प्रिपरेशन, पर्सनलाइज्ड काउन्सिलिङ, भिसा असिस्टेन्स, डकुमेन्ट गाइडेन्स, प्रि-डिपार्चर, त्यसैगरी पोस्ट-अराइभल सपोर्टको समेत सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
१७ भन्दा बढी जिल्लाका सहरहरूमा ग्रेसका शाखाहरू रहेका छन्, जसका कारण ग्रेसमा आईईएलटीएस, पीटीई अध्ययनका लागि काठमाडौं धाउनु पर्ने अवस्था छैन ।
ग्रेस इन्टरनेशनलको काठमाडौंको बागबजार, बुद्धनगर, ललितपुरको बालकुमारीमा प्रमुख कार्यालय रहेको छ । त्यसैगरी उपत्यका बाहिर बागलुङ, बर्दिवास, विर्तामोड, विराटनगर, बुटवल, चितवन, दमक, दमौली, दाङ, धरान, हेटौडा, इटहरी, कावासोती, पर्सा, पोखरा, सुर्खेत लगायत १७ भन्दा बढी जिल्लाका सहरहरूमा ग्रेसका शाखाहरू रहेका छन्, जसका कारण ग्रेसमा ‘आईईएलटीएस’, ‘पीटीई’ टाेफेल, जिम्याट र स्याट अध्ययनका लागि काठमाडौं धाउनु पर्ने अवस्था छैन ।
उचित र भरपर्दो परामर्श दिने ग्रेसले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई विश्वका ख्यातिप्राप्त विश्वविद्यालय र क्याम्पस छनोट गर्न सहयोग गर्नुका साथै होस्टेल व्यवस्थापनमा समेत सहयोग गर्दै आएको छ ।
ग्रेस इन्टरनेशनल एउटा यस्तो शैक्षिक परामर्श केन्द्र हो, जहाँ वैदेशिक अध्ययनका लागि ८० प्रतिशत विद्यार्थीहरूको भिसा लाग्ने गरेको छ । साथै, सत्य तथ्य जानकारीसहित गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको ग्रेसको मार्गदर्शन, भिसा आवेदन प्रक्रियामा सहजता र प्राइम लोकेशनका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।
नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले शैक्षिक मेलाहरूको आयोजना गर्दै आएको छ । वेष्ट एजुकेशन कन्सल्टेन्सीको सयौं अवार्डहरूबाट सम्मानित भइसकेको ग्रेस इन्टरनेशनल ‘बेस्ट एजुकेशन कन्सल्टेन्सी फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड प्राप्त गरिसकेको छ ।





























प्रतिक्रिया