द ब्रिटिस कलेजमा ‘स्टुडेन्ट एक्सचेञ्ज प्रोग्राम ३.०’ सम्पन्न

द ब्रिटिस कलेजमा ‘स्टुडेन्ट एक्सचेञ्ज प्रोग्राम ३.०’ सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । थापाथलिस्थित द ब्रिटिस कलेजले आयोजना गरेको ‘स्टुडेन्ट एस्सचेन्ज प्रोग्राम ३.० सफलतापूर्वक सम्पन्न भएको छ ।

विदेशी र नेपाली विद्यार्थीबीच ज्ञान, सांस्कृतिक आदानप्रदान गर्ने उदेश्यले आयोजना गरिएको यो कार्यक्रम कलेजमै सम्पन्न भएको हो । कलेजले सन् २०२३ देखि नेपालमा भएका समस्याको समाधान कसरी गर्न सकन्छ भन्ने थिमलाई आत्मसात गरेर ‘स्टुडेन्ट एक्सचेञ्ज प्रोग्राम’को आयोजना गर्दै आएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई उक्त कार्यक्रममा युकेको ‘लिड्स बेकेट विश्वविद्यालय’का ८ जना र ‘द ब्रिटिस कलेजका ८ जना गरी १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
ति सबै कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई ४ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहलाई ट्राफिक म्यानेजमेन्ट सिस्टम, ल्याण्ड स्लाइड डिटेक्सन सिस्टम, उयर क्यालिटी प्युरीफायर जस्ता विषयमा आधारीत प्रोग्राम बनाउनका लागि असाइनमेन्ट दिइएको थियो ।

उक्त असाइनमेन्टका लागि द कलेज र विद्यार्थीको समझदारीमा भएको थियो । विद्यार्थीहरुले कार्यक्रमको उदेश्य भनेको विकासोन्मुख देशहरुमा भएका प्राकृतिक विपत्तिको समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर समाधानका उपाए खोज्नु पनि हो यसैलाई मध्येनजर गरि विद्यार्थीहरुले विभिन्न प्रोग्राम बनाएका थिए ।

द ब्रिटिस कलेजका हेड अफ सब्जेक्ट रोहितराज पाण्डेले युकेमा अध्ययन गरेका विद्यार्थी र द ब्रिटिस कलेजमा अध्ययन गरेका विद्यार्थीबीच ज्ञानको आदानप्रदान मात्र नभई आइडिया, कल्चरहरु, सोच्न सक्ने क्षमता, विचार विविधताहरु पनि आदानप्रदान होस् भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको बताए ।

उनले भने, ‘यो कार्यक्रमले एउटा प्रोजेक्टमा मात्र कोल्याबोरेशन गरेको होइन । यसले दुई देशबीचको कल्चर एक्सचेञ्ज गर्न पाउँछन् । ब्रिटिस विद्यार्थीहरु कसरी आइडिया जेनेरेट गर्छन् र नेपाली विद्यार्थीहरु कसरी आइडिया जेनेरेट गर्छन् । यस कार्यक्रममा विद्यार्थीहरुले प्रोजेक्ट बनाउने मात्र नभई ग्रामीण क्षेत्रमा गई त्यहाँका व्यक्तिहरु कसरी जिवन निर्वाह गरिरहेका छन् । उक्त परिस्थिती अनुसार विद्यार्थीलाई जिउन सिकाइन्छ । समस्या समाधान गर्न पनि सिकाइन्छ ।’

कम्प्युटर साइन्सको दोस्रो र तेस्रो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई यस कार्यक्रममा सहभागि गराईन्छ । कम्प्युनटर साइन्सअध्ययन गरेका विद्यार्थीहरु आइवटी, एआई जस्ता विषयमा पहुँच र विज्ञता हासिल गर्नुपर्छ ।

कलेजले हरेक वर्ष विद्यार्थीको दक्षता, कक्षाकोठामा सहभागिताका आधारमा छानिन्छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुले सिक्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरेका छन् । स्टुडेन्ट एक्सचेञ्ज प्राग्रामका लागि छानिएका १६ जना विद्यार्थी मध्ये ८ जना छात्रा र ८ जना छात्रको सहभागिता रहेको छ । पछिल्लो समय छात्राहरु पनि आइटी क्षेत्रमा राम्रो प्रगति गसरिरहेका छन् र आइटी अध्ययनमा पनि छात्राहरुको सङ्ख्या बढ्दो छ ।

एक हप्तासम्म सञ्चालन भएको यस कार्यक्रममा समान सहभागिताका लागि ५० प्रतिशत छात्रा र ५० प्रतिशत छात्रहरुलाई छनौट गरिएको थियो । एक हप्तामध्ये विद्यार्थीहरुले ४ दिन समस्याको समाधानका लागि प्रोजेक्ट बनाउने काम गरेका थिए । जसलाई ‘ब्रेन स्ट्रोमिङ सेशन’को नाम दिइएको थियो ।

विद्यार्थीहरुले प्रोजेक्ट बनाउनका लागि दिनको तीनदेखि ४ घण्टासम्म काम गरेका थिए । उक्त समयमा विद्यार्थीहरुले समस्याको समाधान गर्न तर्फ एकीकृत भएका थिए । यस कार्यक्रमले संसारमा भएको प्राकृतिक विपत्तिबाट उत्पन्न हुने समस्यालाई कसरी समाधान गर्न सकिने रहेछ भन्ने कुराको पनि पुष्टी गरेको छ ।

Logo