शिक्षकहरू र प्रहरीबीच झडप, ढुंगामुढा गरेपछि पानीको फोहोरा प्रहार

शिक्षकहरू र प्रहरीबीच झडप, ढुंगामुढा गरेपछि पानीको फोहोरा प्रहार

केन्द्रबिन्दु
267
Shares

काठमाडौं । नयाँ बानेश्वरमा आन्दोलित शिक्षकहरू र प्रहरीबीच झडप भएको छ । आइतबार शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । सो क्रममा बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

अहिले शिक्षकहरुको भीड तितरवितर भएको छ ।

विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर नेपाल शिक्षक महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । उनीहरु ऐन जारी नभएसम्म सडक नछाड्ने अडानमा छन् । शिक्षकहरूले सडक नछाड्दा नयाँ शैक्षिक सत्रको भर्नादेखि पठनपाठन नै सुरु हुन सकेको छैन भने ११ वैशाखदेखि गर्ने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । एसइई परीक्षाको उत्तरपुस्तिका जाँच भएको छैन र नतिजा आउन विलम्ब हुने पक्का छ ।

Logo