प्रिमियर इन्टरनेसनल स्कूलद्वारा स्क्रिन एडिक्सनविरुद्ध अभियानको थालनी, विद्यार्थीको भावनात्मक सन्तुलनमा प्रतिबद्धता

प्रिमियर इन्टरनेसनल स्कूलद्वारा स्क्रिन एडिक्सनविरुद्ध अभियानको थालनी, विद्यार्थीको भावनात्मक सन्तुलनमा प्रतिबद्धता

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कूलले ‘एट होम ग्याजेट युज पोलिसी’ लागू गर्दै डिजिटल युगमा बालबालिकाको मानसिक स्वास्थ्य, एकाग्रता र सिकाईको गुणस्तरलाई प्राथमिकतामा राखेर एक महत्वपूर्ण कदम चालेको छ।

आजको युगमा बालबालिकाहरूले मोबाइल, ट्याब्लेट, र कम्प्युटरमा अनियन्त्रित रूपमा धेरै समय बिताइरहेका छन्, जसले उनीहरूको एकाग्रता, भावनात्मक सन्तुलन, र पढाइमा नकारात्मक असर पारिरहेको छ । यसै समस्यालाई सम्बोधन गर्दै, प्रिमियर इन्टरनेसनल स्कूलले घरमा पनि डिजिटल वेलबिइङको संरचना प्रस्तुत गरेको छ, जसले विद्यालयीय सिकाईलाई घरसम्म विस्तार गरेको छ।

स्कूलले अभिभावक प्रतिनिधिहरूसँगको सहकार्यमा पूर्व-प्राथमिकदेखि उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीहरूका लागि उमेरअनुकूल र व्यावहारिक नीति तयार पारेको छ। यो नीतिले स्क्रिनको प्रयोग समय सीमित गर्ने, गुणस्तरीय विषयवस्तु निर्धारण गर्ने, अभिभावकले विशेष निगरानी गर्ने, र परिवारसँग आत्मीय समय बिताउने संस्कारलाई पुनर्जीवित गर्न प्रोत्साहन गर्ने स्कूलकाे भनाइ छ ।

विश्वव्यापी रूपमा डिजिटल ओभरएक्सपोजरका लागि विभिन्न देशहरूले धेरै प्रतिबन्ध लगाएका छन्। उदाहरणका लागि, फ्रान्सले विद्यालयमा स्मार्टफोन प्रतिबन्ध लगाएको छ भने, अमेरिकामा किशोर-किशोरीका लागि सामाजिक सञ्जाल नियमन गर्ने व्यवस्था छ। यसै सन्दर्भमा, नेपालमा प्रिमियर इन्टरनेसनल स्कूलले ‘एट होम ग्याजेट युज पोलिसी’ ल्याएर उदाहरणीय कार्य गरेको छ। यो नीतिले स्क्रिनको लत, ध्यान कमजोर हुनु, चिन्ता उत्पन्न हुनु, सामाजिक व्यवहारसम्बन्धी समस्या, र साइबर सुरक्षाजस्ता विश्वव्यापी जोखिमहरूलाई सम्बोधन गर्दछ।

यस अभियानमार्फत, प्रिमियरले आफूलाई विश्वव्यापी शैक्षिक समस्याहरूसँग जुद्धै, ‘सधैँ अनलाइन रहने’ प्रवृत्तिको मनोवैज्ञानिक र विकासात्मक असरमाथि सचेत समाधान ल्याएको छ। यो नीति प्रिमियरको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै, अन्तर्राष्ट्रिय समस्याहरूको समाधान नेपालको सन्दर्भमा कसरी लागू गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पनि बनेको छ।

स्कूलका शैक्षिक निर्देशक प्रविना थापाले भनिन्, “यो कुनै विद्युतीय उपकरण प्रतिबन्ध गर्ने नीति होइन। यो त हाम्रा बच्चाहरूको ध्यान केन्द्रित गर्ने क्षमता, डिजिटल सुरक्षाबोध, सामाजिक विकास र विद्यार्थीको समग्र हितको रक्षा गर्ने अभियान हो। हामी हाम्रा अभिभावक प्रतिनिधिहरूसँग मिलेर यस्ता संस्कार निर्माण गर्ने कोसिस गरेका छौँ जसमा विद्युतीय उपकरणहरूले विद्यार्थीको सिकाइको क्षमतामा ह्रास नआउने गरी प्रोत्साहन गरियोस्।”

Logo