भ्रामक सूचनाप्रति सक्सेस अब्रोड स्टडीको आपत्ति, सत्यतथ्य बुझेर मात्र कन्सल्टेन्सी रोज्न सुझाव

भ्रामक सूचनाप्रति सक्सेस अब्रोड स्टडीको आपत्ति, सत्यतथ्य बुझेर मात्र कन्सल्टेन्सी रोज्न सुझाव

केन्द्रबिन्दु
969
Shares

काठमाडौं । सक्सेस अब्रोड स्टडीले सामाजिक सञ्जालमा गरिने भ्रामक विज्ञापनबाट कसरी जोगिने भनेर अप्रिल इन्टेक २०२६ का लागि विद्यार्थीलाई लक्षित गरी सुझाव दिएको छ ।

हाल जापानसहित उच्च शिक्षाका लागि वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरी विभिन्न अनलाइन प्लेटफर्महरुमा भ्रामक प्रचार सामग्रीहरु व्यापक रुपमा फैलिएका कारण यसबाट कसरी जोगिने भनेर आकर्षक अफरहरू र नारा प्रयोग गर्दै १०० प्रतिशत छात्रवृत्ति पक्का, कम जीपीएमा पनि भर्ना वा ग्याप भएपनि भिसा निश्चित जस्ता विषय उल्लेख गर्दै गरिने प्रचारले विद्यार्थी र अभिभावकमाझ अन्योल सिर्जना गरिरहेको छ ।

शैक्षिक परामर्शदाता व्यवसायीहरूको छाता संगठन इक्यानले यस्ता प्रचारहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल रोक लगाउन आग्रह गरेको छ । यस्ता प्रचार सामग्रीहरूले वास्तविकतासँग टाढा रहेको तथा विद्यार्थीहरूलाई भ्रममा पारेर आर्थिक र भावनात्मक क्षति पुर्‍याउने सम्भावना अत्यधिक रहेको भन्दै विद्यार्थी र अभिभावकलाई सचेत रहन सक्सेस अब्रोड स्टडीले अनुरोध गरेको छ ।

सक्सेस अब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईँले शैक्षिक परामर्श लिने संस्था नेपाल सरकारबाट मान्यता प्राप्त छ कि छैन बुझ्न आवश्यक छ । शैक्षिक परामर्श संघ इक्यान जस्ता संस्थाको आचारसंहिता ति संस्थाहरुले पालना गरेका छन् कि छैनन् । यी कुरामा ध्यान दिन विद्यार्थी अभिभावकलाई आग्रह गरे ।

झण्डै १२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील सक्सेस अब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईँले यस्ता प्रचार सामग्रीहरूबाट कसरी जोगिने, यथार्थ जानकारी कसरी लिने र जापानको अप्रिल इन्टेक २०२६ का लागि के कस्ता तयारी आवश्यक छन् भन्ने विषयमा महत्वपूर्ण सुझाव दिएका हुन् ।

‘जापानमा पूर्ण १०० प्रतिशत छात्रवृत्तिको सम्भावना अत्यन्त न्यून हुन्छ । भाषा विद्यालय वा स्नातक तहका विद्यार्थीहरूका लागि सम्पूर्ण खर्च (फी, बसोबास, खाना, हवाई टिकट) समेटिने छात्रवृत्तिको व्यवस्था लगभग नहुने बराबर छ । केही विश्वविद्यालयहरूले अध्ययन शुल्कमा केही अंश छुट दिने वा सिमित कोटामा छात्रवृत्ति दिने गरे तापनि त्यसलाई १०० प्रतिशत छात्रवृत्तिको नाममा प्रचार गर्नु गलत र भ्रामक हो । यस्तो सुविधा सामान्यतः स्नातकोत्तर वा अनुसन्धान तहमा मात्र सम्भव हुन्छ ।’

कम जीपीए भएका विद्यार्थीहरूका लागि भाषा विद्यालयमा भर्ना पाउन सम्भव भए पनि विश्वविद्यालय तहमा न्यूनतम शैक्षिक योग्यताको मापदण्ड पूरा गर्नैपर्छ । सामान्यतया २.० भन्दा कम जीपीए भएका विद्यार्थीहरूलाई भर्ना पाउन कठिन हुने भएकाले यस्ता विद्यार्थीहरूले अतिरिक्त योग्यताका प्रमाण, भाषा दक्षता, तालिम वा कार्यानुभव पेश गर्नु आवश्यक हुन्छ ।

अर्काेतर्फ, अध्ययन जीवनमा ग्याप हुनु सामान्य भए पनि सो ग्याप प्रमाणित हुन सक्नुपर्छ । काम, व्यवसाय, अध्ययन वा पारिवारिक कारणले ग्याप भएको प्रमाण भएमा भिसा प्रक्रिया सहज हुन सक्छ । तर बिना प्रमाण ग्याप भएको अवस्थामा भिसा प्रक्रियामा समस्या आउने सम्भावना उच्च हुन्छ । ५ वर्ष ग्याप भएका विद्यार्थी जापान स्टडीका लागि अप्लाई गर्न सक्छन् ।

यदि ५ वर्ष भन्दा धेरै ग्याप रहेको छ भने भाषा राम्रो छ र किन जापान जान चाहेको हो यस विषयमा राम्रोसँग लेखेको एसओपी कलेजलाई चित्त बुझ्यो भने कलेजले स्वीकार गर्न सक्छ । सक्सेस अब्रोड स्टडीले अप्रिल इन्टेक २०२६ का लागि जाने विद्यार्थीहरूलाई भाषा कक्षा, विद्यालय छनोट, कागजात तयारी, एसओपी लेखन, अन्तर्वार्ता तयारी लगायतका सम्पूर्ण आवश्यक सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

विद्यार्थीहरूले सही सूचना पाउनु नै अध्ययन यात्राको आधार हो । यथार्थ नबुझी सामाजिक सञ्जालका आकर्षक नारामा विश्वास गर्नु भविष्यका लागि खतरनाक बन्न सक्छ । त्यसैले वास्तविकता बुझेर मात्र सत्य तथ्य सूचना, सही परामर्श, र समयमै तयारी नै सफल अन्तर्राष्ट्रिय अध्ययनको मूल मन्त्र भएको हुमागाईँले बताए ।

Logo