काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको पर्खामा बसेमा विद्यार्थीलाई यतिबेला कुन कोर्ष कुन कलेजमा अध्ययन गर्ने भनेर योजना बनाउने उत्तम समय हो ।
पछिल्लो समय विद्यार्थीको रोजाईमा एड्भान्स लेभल ‘ए लेभल’को कोर्ष पर्ने गरेको छ । एसइईपछि अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि उत्कृष्ट विकल्प हो, ए लेभल । अन्तर्राष्ट्रिय स्तरको शिक्षाको ढोका खोलिदिने ए लेभल अध्ययनका लागि एसइईको ग्रेड राम्रो हुनुपर्छ भन्ने पनि छैन ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रम र परीक्षा प्रणालीका आधारमा पढाइ हुने ए लेभल १२ कक्षासरह मान्यता प्राप्त शैक्षिक तह हो । दुई वर्षमा पूरा हुने यो तहमा पछिल्लो समय नेपाली विद्यार्थीको रोजाइमा पर्दै गएको छ ।
ए लेभल अध्ययनपछि क्याम्ब्रिज, हार्भर्ड, एमआईटी, लन्डन स्कुल अफ इकोनोमिक्सजस्ता विश्वका चर्चित विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाइने सम्भावना बढी भएकाले र पाठ्यक्रम कक्षा ११ र १२ को भन्दा केही लचक भएकाले ए लेभल विद्यार्थीको रोजाइमा पर्ने गरेको सरोकारवालाको बुझाई रहेको छ ।
ए लेभल सन् १९५१ मा क्याम्ब्रिज युनिभर्सिटीमा सुरु भएको कोर्ष हो । प्लस टु जस्तै दुई वर्षको रहेको यो कोर्षमा पहिलो वर्षलाई ए एस र दोस्रो वर्षलाई ए टु भनिन्छ ।
याे अहिले १६० देशका १० हजार भन्दा बढी कलेजहरुमा अध्यापन गराइन्छ । ए लेभलमा जनरल पेपरअन्तर्गत अंग्रेजी विषय अनिवार्य गरिएको छ । ए लेभलमा मानविकी, व्यवस्थापन र विज्ञान संकायमध्येबाट विद्यार्थीले आफ्नो रुचि अनुसार चारवटा विषय छनोट गरेर पढ्न पाउँछन् । नेपालमा १८ वटामध्येबाट छानेर चारवटा विषय पढ्नुपर्ने हुन्छ । भारतको सन्दर्भमा भने अंग्रेजी विषयलाई अनिवार्य गरिएको छैन, त्यसैले तीनवटा विषय मात्र छनौट गरेर अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।
स्नातकमा मेडिकल अध्ययन गर्न चाहने विद्यार्थीले भौतिक विज्ञान, रसायन विज्ञान र जीवविज्ञान छान्न पाउँछन् । इन्जिनियरिङमा जान चाहने विद्यार्थीले भौतिक, रसायन र गणित छान्न पाउँछन् । त्यसैगरी मानविकी पढ्न चाहनेले समाजशास्त्र, अर्थशास्त्र, मनोविज्ञान रोज्न पाउने व्यवस्था ए लेभलमा रहेको हुन्छ ।
त्यस्तै, ऐच्छिक विषयमा कानुन, कम्प्युटर, गणित जस्ता विषय विद्यार्थीहरुले छनौट गर्न पाउँछन् ।
न्यूनतम तीनवटा विषय भने लिनैपर्छ । भाषाको एउटासहित पहिलो वर्षमा चारवटा विषय र दोस्रो वर्ष तीनवटा विषय पढे पुग्छ । दुई वर्षमा गरी सात विषयमा स्कोर ल्याएपछि विश्वविद्यालय शिक्षाका लागि विद्यार्थी योग्य मानिन्छ । ब्रिटीस काउन्सिल पार्टनर स्कुल बोर्डका अध्यक्ष ई. डा. मिथिलेस कुमार झाले बताए ।
उनले भने, ‘विश्वव्यापी मान्यता प्राप्त ए लेभलमा परीक्षा वर्षको २ पटक हुन्छ । परीक्षा सञ्चालन र नतीजा प्रकाशन निर्धारित समयमा हुन्छ । त्यसैगरि प्रश्नपत्र पनि विशेष गरि विद्यार्थीको सैद्दान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञानको मूल्यांकन गर्ने हुन्छ ।’
विश्वमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले ए लेभल कोर्ष गरेको छ भने आईईएलटीएसको परीक्षा दिन पर्दैन । वैज्ञानिक पाठ्यक्रम, व्यावहारिक शिक्षा, विश्वस्तरको मान्यता र उत्कृष्ट नतिजाका कारण ए लेभल विद्याथीएको रोजाइमा पर्ने गरेको झाले बताए ।
ए लेभलको कक्षामा प्रयोगात्मक अभ्यास, छलफल, सामूहिक क्रियाकलाप, अनुसन्धान, प्रस्तुतीकरण, सैद्दान्तिमक भन्दा व्यबहारिक ज्ञानमा आधारित हुन्छ । सेवा सुविधा अन्य कोर्ष भन्दा धेरै भएको र विश्वव्यापी मान्यता प्राप्त भएको कोर्ष भएकाले ए लेभल अध्ययनका लागि शुल्क एनईबी बोर्ड भन्दा महंगो पर्न जान्छ ।
शिक्षा मन्त्रालयको अनुसार ए लेभल अध्ययन हुने कलेजहरु–
१.मल्पी इन्टिच्युत, गैरीधारा, बालुवाटार, काठमाडौं
२.काठमाडौं वर्ल्ड स्कुल, सुर्यविनायक, भक्तपुर
३.रातो बंगला स्कुल, पाटन ढोका ललितपुर
४. बुढानिलकण्ठ स्कुल, बुढानिलकण्ठ, काठमाडौं
५. साइपल एकेडेमी, धुम्बराही, काठमाडौं
६. जेभियर इन्टरनेशनल कलेज, कालोपुल काठमाडौं
७. ब्रिटिश स्कुल, ललितपुर
८. चेल्सी इन्टरनेशनल एकेडेमी, मध्य बानेश्वर, काठमाडौं
९. काष्ठमण्डप ए लेभल एकेडेमी, मण्डिकाटार, काठमाडौं
१०. नोभेल एकाडेमी, पोखरा, कास्की
११. कसमस इन्टरनेशनल कलेज, पोखरा
१२. क्याम्पियन स्कुल, लगनखेल, ललितपुर
१३. किङ्स कलेज, बबरमहल, काठमाडौं
१४. जेम्स स्कुल, धापाखेल, ललितपुर
१५. एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, नयाँ बानेश्वर, काठमाडौं
१६. ट्रिनिटी इन्टरनेशनल कलेज, डिल्लीबजार, काठमाडौं
१७. स्लिङ्टन कलेज, कमलपोखरी, काठमाडौं
१८. काठमाडौं युनिभर्सिटी स्कुल, धुलिखेल
१९. लिटल एन्जल्स स्कुल, हात्तीवन, ललितपुर
२०. युलेन्स स्कुल, ललितपुर
२१. गण्डकी बोर्डिङ स्कुल, लामाचौर, पोखरा
२२. ग्लोबल कलेज इन्टरनेशनल, मध्य बानेश्वर, काठमाडौं
२३. रुपिज इन्टरनेशनल स्कुल, बाफल, काठमाडौं
२४. सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौं
२५. सिद्धार्थ शिक्षा सदन, भरतपुर, चितवन
२६. ब्रिटिश मोडल कलेज, थापाथली, काठमाडौं
२७. बुटवल पब्लिक स्कुल, बुटवल
२८. नामी कलेज, जोरपाटी, काठमाडौं
२९. कृतिका एजुकेशन एण्ड हेल्थ फाउन्डेशन पिभिटी, विराटनगर
३०. वरियन्ट कलेज, बाँसबारी, काठमाडौं
३१. मिल्सबेरी इन्टरनेशनल स्कुल, काठमाडौं































प्रतिक्रिया