आइएसटीद्वारा कक्षा १२ को विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न

आइएसटीद्वारा कक्षा १२ को विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
243
Shares

काठमाडौं । नेपालको पर्यटन र होटल व्यवस्थापन क्षेत्रमा अग्रणी शैक्षिक संस्था इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) अन्तर्गतको आइएसटी सेकेन्डरी स्कुलले कक्षा १२ को विद्यार्थीलाई बिदाई गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई विदाई गरेको हो ।

कार्यक्रममा स्कुलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नरेन्द्र बज्राचार्य, निर्देशक तेज बहादुर ढकाल, प्रिन्सिपल सम्झना बस्न्यात, कक्षा १२ का विद्यार्थीहरू र कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

निर्देशक तेज बहादुर ढकालले विद्यार्थीहरूलाई प्रभावकारी पढाई र सिकाइका लागि महत्वपूर्ण सुझाव दिएका थिए । उनले भविष्यमा सफल हुनको लागि सकारात्मक सोच, सहि दृष्टिकोण र राम्रो कुरालाई पछ्याउनुपर्ने पनि बताए । नेपालमा अथाह सम्भावना रहेको स्मरण गराउँदै उनले आफ्नै देश सिगार्न समेत विद्यार्थीलाई प्रेरित गरेका थिए ।

त्यसैगरी, सीईओ नरेन्द्र बज्राचार्यले यो कार्यक्रम ‘सेलिब्रेसन अफ न्यू बिगेनिङ’ भएको बताए । १२ कक्षा पास हुनुलाई आइरन गेटको संज्ञा दिँदै यस पछाडीको समयमा सही निर्णय लिन सकेमा मात्र सफलता हासिल गर्न सक्ने उनले दावी गरे ।

कार्यक्रममा प्रिन्सिपल सम्झना बस्न्यातले पर्यटन र होटल व्यवस्थापन क्षेत्रमा स्नातक पूरा गरेपछि अनगिन्ती अवसरहरू प्राप्त हुने बताइन् । साथै, उनले लहलहैमा लागेर विदेश जानैपर्ने अवस्था नभएको भन्दै नेपालमै धेरै अवसरहरू रहेको स्मरण गराइन् ।

कार्यक्रमलाई थप जीवन्त र रमाइलो बनाउन हाल कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरूले नृत्य र गायनका आकर्षक प्रस्तुतिहरू राखेका थिए । यी प्रस्तुतिहरूले नयाँ विद्यार्थीहरूलाई स्कूलको रचनात्मक र उत्साहपूर्ण वातावरणसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

आइएसटी सेकेन्डरी स्कूलले नेपालको पर्यटन र होटल व्यवस्थापन शिक्षा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । यो स्कुलले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा, व्यावसायिक सीप र व्यक्तिगत विकासका अवसरहरू प्रदान गर्दै आएको छ ।

Logo