काठमाडाैं । नेपालको पहिलो र एकमात्र आइबी कन्टिनम स्कुल, प्रिमियर इन्टरनेसनलले हालै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि ‘इन्ट्रिगेसन प्रोग्राम’ आयोजना गरेको छ ।
यो कार्यक्रमले राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) र डिप्लोमा प्रोग्राम (डिपी) दुवैतर्फका विद्यार्थीहरूलाई एकसाथ ल्याएर मेलमिलाप, सहकार्य, र टिम भावनालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको थियो ।
स्कुलले आयोजना गरेको यो कार्यक्रमले विद्यार्थीहरूबीच आपसी समझदारी र सहकार्यको भावना विकास गर्नमा जोड दिएको छ । कक्षा ११ मा भर्ना भएका एनइबी र डिपीका विद्यार्थीहरूलाई एकताबद्ध बनाउँदै उनीहरूको सामाजिक र शैक्षिक कौशललाई उजागर गर्ने यो कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो ।
कार्यक्रमका दौरान विद्यार्थीहरूलाई विभिन्न टिम बिल्डिङ गतिविधिहरूमा सहभागी गराइएको थियो । यी गतिविधिहरूले विद्यार्थीहरूलाई एकसाथ काम गर्ने, नेतृत्व विकास गर्ने र समस्याहरूको सामूहिक समाधान खोज्ने अवसर प्रदान गर्नुका साथै, शिक्षकहरूलाई विद्यार्थीहरूको व्यक्तिगत क्षमता र रुचिहरू बुझ्ने अवसर पनि प्राप्त भएको थियो ।

कार्यक्रममा प्रिन्सिपल शमा क्षेत्रीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै यो इन्ट्रिगेसन प्रोग्रामले विद्यार्थीहरूलाई जीवनोपयोगी शिक्षा प्रदान गर्ने बताइन् । उनले यो कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सहकार्य र रचनात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरिन् ।
इन्ट्रिगेसन प्रोग्राममा सहभागी विद्यार्थीहरूले विभिन्न रचनात्मक र मनोरञ्जनात्मक गतिविधिहरूमा भाग लिनुका साथै टिम बिल्डिङ अभ्यास, समूह छलफल र रचनात्मक कार्यहरूले विद्यार्थीहरूबीच आपसी समझदारी बढाउन महत्वपूर्ण भूमिका खेलेको थियो । यी गतिविधिहरूले विद्यार्थीहरूलाई आफ्नो विचार र भावनाहरू व्यक्त गर्न, एकअर्कालाई सुन्न र सहकार्यमा आधारित समाधानहरू खोज्न प्रोत्साहित गरेको थियो ।

यस्तै, यी गतिविधिहरूले विद्यार्थीहरूमा नेतृत्व, सञ्चार र समस्यासमाधान जस्ता महत्वपूर्ण जीवन कौशलहरूको विकासमा सहयोग पु-याएको थियो ।
प्रिमियर इन्टरनेसनल स्कुलले विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै आएको छ । यो कार्यक्रमले स्कुलको त्यही दृष्टिकोणलाई झल्काउँछ, जहाँ शैक्षिक उत्कृष्टतासँगै व्यक्तिगत र सामाजिक कौशलको विकासलाई समान महत्व दिइन्छ । आइबी कन्टिनम स्कुलको रूपमा प्रिमियरले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ । यो कार्यक्रमले शिक्षक र विद्यार्थीहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै विद्यार्थीहरूको व्यक्तिगत र शैक्षिक क्षमतालाई प्रोत्साहन गरेको छ ।





























प्रतिक्रिया