काठमाडाैं । विदेशमा उच्च शिक्षा अध्ययनमा इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै ‘द नेक्स्ट स्कलरशिप डे’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीको आफ्नै भवनमा सम्पन्न उक्त भव्य कार्यक्रममा हजारौं विद्यार्थी र अभिभावकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । विशेषगरी अमेरिका, अष्ट्रेलिया, युके र क्यानडामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यो कार्यक्रममा ६० भन्दा बढी विश्वप्रसिद्ध विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थितिले थप रौनकता थपेको थियो ।
‘द नेक्स्ट स्कलरशिप डे’ कार्यक्रमले विद्यार्थीहरूलाई आफूले रोजेका देश र विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने सुनौलो अवसर प्रदान गरेको थियो । विद्यार्थीहरूले अध्ययनको लागत, कोर्सका लागि आवश्यक योग्यता, स्कलरशिपका अवसरहरू र अन्य जिज्ञासाहरूको समाधान एकै छानामुनि प्राप्त गरेका थिए । कार्यक्रमको विशेष आकर्षणको रूपमा केही विश्वविद्यालयहरूले योग्य विद्यार्थीहरूलाई ‘अन द स्पट’ अफर लेटर प्रदान गरी तत्काल भर्नाको सुविधा दिएका थिए ।

कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो । यो अवधिमा विद्यार्थी र अभिभावकहरूले विश्वविद्यालयका प्रतिनिधिहरूसँग गहन छलफल गरी आफ्नो शैक्षिक भविष्यको खाका कोर्ने अवसर प्राप्त गरेका थिए ।
विगत दुई दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी’ नेपालको सबैभन्दा विश्वसनीय र प्रतिष्ठित परामर्शदाता संस्थाको रूपमा स्थापित छ । काठमाडौंको डिल्लिबजारमा रहेको मुख्य कार्यालयसहित अष्ट्रेलियाको सिड्नीमा सहयोग कार्यालय र नेपालका नारायणघाट, पोखरा, नवलपरासी, पर्सा, भैरहवा, विराटनगर, दमक र बुटवलमा शाखा कार्यालयहरू मार्फत यो संस्थाले देशव्यापी सेवा प्रदान गर्दै आएको छ ।

लामो अनुभव र विशेषज्ञताको बलमा, द नेक्स्टले प्रत्येक विद्यार्थीको आवश्यकता र रुचि अनुसार विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा भर्ना प्रक्रियालाई सहज बनाउँदै आएको छ । विशेषगरी अष्ट्रेलियाका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँगको बलियो नेटवर्कले द नेक्स्टलाई विद्यार्थीहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्न सक्षम बनाएको छ । ‘द नेक्स्ट स्कलरशिप डे’ कार्यक्रममा विद्यार्थीहरूसँगै अभिभावकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

संस्थाका कार्यकारी निर्देशक शालिकराम भण्डारीले अभिभावकहरूको यो सक्रिय सहभागितालाई विद्यार्थीको करियरप्रति उनीहरूको संवेदनशीलताको प्रतीकको रूपमा लिए । उनले भने, “हाम्रो यो प्रयासले विद्यार्थी र अभिभावकहरूलाई एकै ठाउँमा विश्वका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरूसँग जोड्ने अवसर प्रदान गरेको छ । ६० भन्दा बढी विश्वविद्यालयका विशेषज्ञहरूबाट प्रत्यक्ष जानकारी प्राप्त गर्नु विद्यार्थीहरूका लागि ठूलो उपलब्धि हो। यो हाम्रो गर्वको क्षण हो ।”
द नेक्स्टले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थीहरूको सपनालाई साकार पार्न अथक प्रयास गर्दै आएको छ । यो संस्थाले प्रदान गर्ने व्यक्तिगत परामर्श, स्कलरशिपसम्बन्धी मार्गदर्शन र विश्वविद्यालय भर्ना प्रक्रियाको सहजीकरणले हजारौं विद्यार्थीहरूलाई आफ्नो शैक्षिक लक्ष्य हासिल गर्न सहयोग गरेको छ ।































प्रतिक्रिया