ओली एण्ड एसोसिएट्स ग्लोबल एजुकेसन एक्सपो -२०२५ भव्य रुपमा सम्पन्न

ओली एण्ड एसोसिएट्स ग्लोबल एजुकेसन एक्सपो -२०२५ भव्य रुपमा सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले ‘ग्लोबल एजुकेसन एक्सपो २०२५’ सम्पन्न गरेको छ ।

विगत २३ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एसोसिएट्सले भदौ ६ गते शुक्रबार काठमाडौंको पुतलीसडकस्थित स्टारमलमा रहेको कार्यालय परिसरमा एक्सपो सम्पन्न गरेको हो ।

एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, बेलायत र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष रुपमा भेटेर जानकारी लिएका छन् । उनीहरुले विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, पूर्वतयारी कक्षालगायत सम्पूर्ण विषयमा जानकारी लिएका थिए । एक्सपोमा विद्यार्थीलाई रि-फ्रेसमेन्टको पनि व्यवस्था गरिएको थियो ।

एसोसिएट्सका बिजनेश डेभलपमेन्ट म्यानेजर(बीडीएम) गौतम जिरेलले एक्पोमा ३ हजारभन्दा बढी मानिसहरुले सेवा लिएको जानकारी दिए । उनले अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, बेलायत र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीहरुले प्रत्यक्ष रुपमा भेटेर आफ्नो सबै प्रकारका जिज्ञासाहरु मेटाउन पाएकोमा खुसी पनि व्यक्त गरे ।

विगत २३ वर्षदेखि अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि यस ओली एण्ड एसाेसिएट्सले मार्गनिर्देश गर्दै एक अग्रणी शैक्षिक परामर्श संस्थाका रुपमा आफ्नो अलग्गै छवी बनाउन सफल भएको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको ओली एण्ड एशोसिएट्सको ललितपुर, बुटवल, बिर्तामोड, इटहरी, चितवन, पोखरा र हेटौंडामा पनि शाखा रहेका छन्, जहाँ विद्यार्थीलाई गुणस्तरीय सेवा दिनका लागि १५० जना भन्दा बढी कर्मचारी कार्यरत छन् ।

Logo