त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका खरानी ,पुन: परिक्षा हुने

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका खरानी ,पुन: परिक्षा हुने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जलेका छन् । स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको परीक्षा नियन्त्रण कार्यालय बल्खुका जनाएको छ ।

‘तीन वटा सेन्टरको जलेको छ,’ परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले भने, ‘उत्तरपुस्तका जलेका कारण पुन परीक्षाको सूचना निकाल्दै छौं ।’ उत्तरपुस्तिकाहरू प्रहरी चौकीमा राखिएको थियो । चौकी जलेसँगै उक्त पुस्तिकाहरू पनि जलेको उनको भनाई छ ।

Logo