काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटामा ‘युके-युरोप एड्मिसन डे’ सम्पन्न भएको छ । शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था अल्फाबिटाले आफ्नै भवन अल्फाबिटा कम्प्लेक्समा बिहीबार यो कार्यक्रम आयोजना गरेको थियो ।
बिहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म चलेको कार्यक्रममा २० भन्दा बढी देशका विश्वविद्यालयहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेकाे थियाे, जसले विद्यार्थीहरूलाई विविध शैक्षिक विकल्पहरूबारे जानकारी दिनुका साथै उनीहरूका जिज्ञासाहरू शान्त पार्ने माध्यम पनि बनेको थियो ।
अल्फाबिटाका असिस्टेन्ट मार्केटिङ म्यानेजर प्रज्वल कुँवरका अनुसार, यो एड्मिसन डेले परामर्शको मात्र अवसर प्रदान गरेको थियो, जसमा विद्यार्थीहरूले विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष भलाकुसारी गरेका थिए । “यदि विद्यार्थीहरूको चित्त बुझ्यो भने मात्र हामी अघिका प्रक्रियाहरू अघि बढाउँछौं,’ कुँवरले भने ।
एड्मिसन डेमा सहभागी विद्यार्थीहरूले विशेष छुटहरूको लाभ पनि उठाएका थिए । आईईएलटीएस, टाेफेल र पीटीई जस्ता भाषा परीक्षाहरूमा ५० प्रतिशत छुट तथा प्रोसेसिङ शुल्कमा पूर्ण निःशुल्क सुविधा उपलब्ध गराइएको थियो । यो प्रस्तावले वैदेशिक अध्ययनको आर्थिक बोझ कम गर्दै, थप विद्यार्थीहरूलाई प्रोत्साहित गरेको थियो ।
कार्यक्रममा ४०० भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष परामर्श लिएका थिए, जसमध्ये धेरैले विज्ञान, प्रविधि र वातावरणीय विषयहरूतर्फ रुचि देखाएका थिए । नेपालबाट बाहिर अध्ययन गर्न जाने विद्यार्थीहरूमा पछिल्लो समय यी क्षेत्रहरूको लोकप्रियता बढ्दो छ ।
एक साता अघिदेखि नै अल्फाबिटाले यस कार्यक्रमको व्यापक प्रचारप्रसार गरेको थियो, जसले गर्दा विद्यार्थीहरू मात्र होइन, उनीहरूका अभिभावकहरूको पनि बाक्लो उपस्थिति देखिएको थियो । अभिभावकहरूका लागि यो कार्यक्रमले आफ्ना सन्तानलाई ‘कुन देश पठाउने, कुन विषय पढाउने’ जस्ता दुविधाहरू हटाउने महत्वपूर्ण प्लेटफर्म साबित भएको थियो ।
अल्फाबिटा, शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि स्थापित संस्था हो, जसले अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, आयरल्यान्डलगायतका देशहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । यसको दक्ष टिम र विश्वव्यापी सञ्जालले नेपाली विद्यार्थीहरूलाई सपनाको उडानमा सहयोग गर्दै आएको छ । अल्फाबिटाले ‘युके युरोप एड्मिसन डे’ जस्ता कार्यक्रम मार्फत नेपालको शैक्षिक परिदृश्यलाई थप गतिशील बनाउँदै, युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसरहरू बढाइरहेको छ ।































प्रतिक्रिया