आईएसटी कलेजद्वारा २०८२ इन्टेकका ११० जना नयाँ विद्यार्थीको स्वागत

आईएसटी कलेजद्वारा २०८२ इन्टेकका ११० जना नयाँ विद्यार्थीको स्वागत

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । पर्यटन र होटल व्यवस्थापनको क्षेत्रमा नेपालको अग्रणी संस्था इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजले आफ्नो २०८२ इन्टेकका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । काठमाडौंको प्रतिष्ठित होटल र्याडिसनमा आयोजित एक कार्यक्रमबीच ब्याचलर इन होटल म्यानेजमेन्ट (बिएचएम) र ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम)का ११० जना विद्यार्थीहरुलाई स्वागत गरेको हो।

कलेजका डाइरेक्टर टेकबहादुर ढकालले विद्यार्थीहरुलाई संगत अनुसारको फल पाइने भएकाले कलेजमा आफ्नो साथी सर्कल एकदमै विचार गरेर छान्न आग्रह गरे । उनले विद्यार्थीहरुलाई कसरी बुझ्ने र याद हुने गरी पढ्ने भनेर पनि सिकाए ।

त्यसैगरी आगन्तुक विद्यार्थीहरुको अहिले सर्वाधिक ध्यान पढाइमै केन्द्रित गर्न पनि प्रोत्साहन गरे ।

कलेजका सीईओ नरेन्द्र बज्रचार्यले आइएसटी कलेज नेपालका साथै विश्वका धेरै स्थानहरुमा जोडिसकेको स्मरण गराए । उनले आइएसटी कलेजका धेरै विद्यार्थीहरु नेपालका स्टार होटलहरुमा कार्यरत रहेको पनि जानकारी दिए । त्यस्तै, उनले अहिले नेपालभर खुलेका विभिन्न टुरिजम् एन्ड होटल म्यानेजमेन्टका कलेजहरुले आइएसटी कलेजकै सिको गर्दै आएको पनि जानकारी दिए ।

कलेजका प्रिन्सिपल सम्झना बस्न्यातले नयाँ भर्ना भएका सबै विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यार्थीहरुलाई हस्पिटालिटी सेक्टरमा लागेपछि राम्रो देखिनु महत्वपूर्ण रहेको बताइन् ।

त्यसैगरी उनले अहिलेका जेनजी पुस्ताहरु सामाजिक सञ्जाल अत्यधिक प्रयोगले आफ्नो लक्ष्यबाट टाढिरहेको बताउँदै उक्त अत्यधिक प्रयोगलाई सिमिततामा ल्याउँदै जीवनका अन्य पाटोहरुलाई डिष्कभर गर्दै जिवनपद्धतीलाई ब्यालेन्समा लैजान पनि आग्रह गरिन् ।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुलाई कलेजको बारेमा सम्पूर्ण जानकारी, उनीहरुले गर्ने कोर्ष, पालना गर्नुपर्ने नियमलगायत सबै विषयका बारेमा जानकारी दिइएको थियो ।

आईएसटी कलेज पछिल्लो समय हस्पिटालिटी एजुकेसनको क्षेत्रमा सफलताको शिखरमा पुगेको कलेज हो । यस कलेजले उत्पादन गरेको जनशक्तिले अहिले देशभित्र मात्र हाेइन बाहिर पनि कम्पनी र अर्गनाइजेसनहरुको नेतृत्व गरिरहेका छन् । अष्ट्रियाको साल्जवर्ग युनिभर्सिर्टी अफ एप्लाइड साइन्सेजबाट सम्बन्धन प्राप्त यस कलेजको टुरिजम स्कूल र इन्स्टिच्युट अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट अष्ट्रियासँग पनि सहकार्य छ ।

Skip This
Skip This
Logo