ज्ञानमणि नेपाल कालोटोपी

नेपाली साहित्यको घरमा अर्को एउटा ईंटा थपिएको छ । "/>

नानीबाबुहरूका लागि ‘नयाँ वर्षको उपहार !’

नानीबाबुहरूका लागि ‘नयाँ वर्षको उपहार !’

केन्द्रबिन्दु
0
Shares

ज्ञानमणि नेपाल कालोटोपी

नेपाली साहित्यको घरमा अर्को एउटा ईंटा थपिएको छ । पछिल्लो पटक थपिएको ईंटारूपी पुस्तक हो,नयाँ वर्षको उपहार बालकथा सङ्ग्रह र कथाकार हुन् , कौशिला रिसाल । लामो समय देखि अध्यापन पेशामा रहेर आफूले बालबालिकाहरूको मनोविज्ञान बुझेपछि उनको लेखनीले गति लिदैं गयो । जसले गर्दा प्रस्तुत बालकथा सङ्ग्रहको जन्म भएको हो । यसरी बालबालिकाको मनोविज्ञान समेटिएको यस कृतिको नाम जुराइएको छ , नयाँ वर्षको उपहार । नयाँ वर्षकै सन्दर्भ पारेर नै उक्त पुस्तक बजारमा ल्याइएको हो ।

यसमा १५ वटा कथाहरू समेटिएका छन् । जति कथा छन् , सबै कथामा कथाको विषयवस्तु अनुसार बालबालिकाहरूका सुहाउँदो तस्विरहरू उतारिएका छन् । सबै कथाहरूले बालबालिकाका प्रतिनिधिमूलक आवाजहरूलाई बुलन्द पारेका छन् । सङ्ग्रहभित्रका सबै कथा छोटा छन् , मीठा छन् र सरल भाषाशैलीमा लेखिएका छन् । पुस्तक पढ्दै गर्दा अभिभावक र शिक्षक मात्र केटाकेटीहरुका मार्ग निर्देशक हुँदैनन् , राम्रो लेखकले पनि उनीहरूलाई सही मार्गमा हिड्न सिकाउँछन् भन्ने उद्देश्य लेखिका रिसालको रहेको देखिन्छ ।

बालबालिकाहरू काँचो माटो सरह हुन् । उनीहरू जस्तो वातावरणमा जन्मिन्छन् , हुर्किन्छन् , त्यहींबाट प्रभावित हुन्छन् । साना साना कुराहरूले पनि उनीहरूलाई प्रभाव पारेका हुन्छन् । यो किन भयो होला , कसरी भयो होला, अब के होला भन्ने जिज्ञासुपनले बालबालिकाहरूमा उत्पन्न हुने सकारात्मक वा नकारात्मक भावहरू प्रस्तुत कथाहरूमा भेट्न पाइन्छ । विषयवस्तु तिनै हुन् जसलाई सबैले देखिरहेकै हुन्छन् , भोगिरहेकै हुन्छन् । तर ती परिवेशहरूलाई कथा, निवन्ध वा अन्य माध्यमका रूपमा लेखेरै सङ्ग्रहित गर्नेहरू भने कमै हुन्छन् । तर कथाकार रिसालले यी सबै घटना र परिवेशहरूलाई एकीकृत गर्न सफल भएको देखिन्छ । सङ्ग्रहमा समेटिएको हजुरआमाको अर्ती शीर्षकको कथाले सर्पले भ्यागुत्तो खाँदै गरेको सामान्य विषयले पनि रोचक प्रस्तुति पाएको छ । हजुरआमाले नातिनीलाई यस विषयमा बताएको कुरा पढ्दा सामान्य जस्तो लागेपनि यसले प्रकृतिमा भएका सबै प्राणीहरूको जीवनचक्रको बारेमा पनि ज्ञान दिएको छ ।

समाजमा हरेक घटनाहरू देखिरहेका र भोगिरहेका बालबालिकाहरूमा डर , त्रास र कौतुहलता पनि उत्पन्न भइरहेको हुन्छ । यस सङ्ग्रहले बालबालिकामा उब्जने ती सबै जिज्ञासा मेटाउने प्रयास गरेको छ । यति भइरहँदा पनि केही कुरामा भने अझै सुधार गर्नु पर्ने पो हो कि भन्ने भान पाठकमा पर्नु पनि स्वभाविक छ । बालकेन्द्रित भनिए पनि कतै कतै भाषाशैली युवाहरूका लागि सुहाउँदो राखिएको पाइन्छ । साना केटाकेटीले बुझ्ने भाषाशैली अपनाउन सकिएको भए कृति अझ रोचक हुन सक्थ्यो । त्यस्तै कथाहरूमा समस्या उठान पछि समाधान पनि खोजिएको छ । यो सान्दर्भिक नै लाग्न सक्छ तर पनि कतै कतै पात्रहरुले बोलिएका कुरा बालबालिकाहरूले नबुझ्ने पो हुन् कि जस्तो लागे पनि समग्रमा सङ्ग्रह सङ्ग्रहणीय नै बनेको भने पक्कै छ ।

साहित्यमा पनि बालबालिकाहरूका विषय उठान गरिएका पठनीय सामाग्रीहरू कमै मात्र लेखिने गरिएको अवस्थामा यस कृतिले भने त्यो अभावलाई पूरा गरेको छ । यो कृति खास गरी किशोर उमेरका बालबालिकाको लागि निकै सन्देशमूलक छ । यसर्थ पनि नयाँ वर्षको उपहार सबैका लागि सङ्ग्रहणीय र पठनीय बाल खुराक भएको भने पक्कै छ । स्वदेश प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मुल्य १५० राखिएको छ ।

Skip This
Logo