दोधारा चाँदनी। त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयमा बुधबार आयोजित कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा। देवराज अधिकारीको उपस्थितिमा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीपत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। दीपक अर्याल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। ध्रुवकुमार गौतमले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार विश्वविद्यालयहरूबीच अध्ययन–अनुसन्धान, शैक्षिक स्रोत, प्रविधि तथा अनुभव आदानप्रदानलाई संस्थागत गरिनेछ। विशेषगरी डिजिटल प्लेटफर्ममार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धान सहकार्य तथा प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने जनाइएको छ।
विश्वविद्यालयका अधिकारीहरूले यो सहकार्यले उच्च शिक्षाको गुणस्तर वृद्धि, स्रोतको प्रभावकारी उपयोग र आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।































प्रतिक्रिया