प्लस टु लेभलमै इन्टर्नसिपको सुविधा दिने, आइएसटी सेकेण्डरी स्कुल

प्लस टु लेभलमै इन्टर्नसिपको सुविधा दिने, आइएसटी सेकेण्डरी स्कुल

केन्द्रबिन्दु
1.16k
Shares

काठमाडौं । नेपालको हस्पिटालिटी र व्यवस्थापन शिक्षामा गौरवमय इतिहास बोकेको नाम हाे, आइएसटी सेकेण्डरी स्कुल ।

आइएसटी कलेजको व्यवस्थापनमा सन् २०१७ बाट सञ्चालित यस स्कुलले माध्यमिक तहको शिक्षामा नयाँ मानक स्थापित गरेको छ । काठमाडौंको ज्ञानेश्वरमा अवस्थित यस स्कुलले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकता दिँदै विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउँदै आएको छ ।

विशेषगरी एसईई पश्चात् सुरक्षित र व्यावसायिक भविष्यको खोजीमा रहेका विद्यार्थीहरूका लागि आइएसटीले व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट र जनरल म्यानेजमेन्ट जस्ता समयसान्दर्भिक विषयहरूमा पठनपाठन गराउँदै आएको छ । कलेजले विद्यार्थीभित्र लुकेर रहेको जिज्ञासालाई उजागर गर्न ‘लर्निङ बाई डुइङ’ पद्धतिलाई आत्मसात् गरेको छ ।

आइएसटीको सबैभन्दा सबल र विशिष्ट पक्ष भनेको प्लस टु लेभलमै इन्टर्नसिपको व्यवस्था गर्नु हो ।

नेपालका थोरै मात्र शैक्षिक संस्थाहरूले यस्तो आँट गरेका छन्, जहाँ कक्षा १२ को अन्तिम परीक्षा दिए लगत्तै विद्यार्थीहरूलाई व्यावसायिक जगतको प्रत्यक्ष अनुभव दिलाइन्छ । जसअन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरूले प्रतिष्ठित ४ तारे होटलहरूमा ३ देखि ६ महिनाको इन्टर्नसिप गर्ने अवसर पाउँछन् ।

नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

त्यसैगरी, प्रविधिको क्षेत्रमा रुचि राख्ने कम्प्युटर साइन्सका विद्यार्थीहरूका लागि पनि विद्यालयले उत्तिकै ध्यान दिएको छ । उनीहरूलाई विभिन्न आइटी र टेक कम्पनीहरूमा ४ देखि ६ महिनासम्म इन्टर्नसिपमा पठाएर कार्यस्थलको वास्तविक चुनौती र अवसरहरूसँग परिचित गराइन्छ । यस्तो अभ्यासले विद्यार्थीहरूमा पढाइ सकिए लगत्तै रोजगारीको बजारमा सहजै प्रवेश गर्न सक्ने आत्मविश्वास र सीप विकास हुने विद्यालयको दाबी छ ।

अन्तर्राष्ट्रियस्तरको कोर्ष र प्रयोगात्मक शैलीका कारण आइएसटी सेकेण्डरी स्कुल वर्तमान समयमा व्यावसायिक शिक्षा रोज्ने विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको छ ।

Logo