काठमाडौं । काठमाडौंको बबरमहलमा सन् २०११ मा स्थापना भएको नेपाल मेगा कलेजले छोटो अवधिमै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। अनुभवी शिक्षक, शिक्षाविद् र उत्साही उद्यमीहरूको सामूहिक प्रयासमा सञ्चालित यो कलेज उत्कृष्टताको लागि मेगा केन्द्र भन्ने मूल नारालाई आत्मसाथ गर्दै अघि बढिरहेको छ।
विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी नवीन सोच राख्ने सक्ने सक्षम व्यक्तिको रूपमा तयार पार्नु मेगा कलेजको लक्ष्य हो ।
विद्यार्थीको चाहना, समाजको सपना र मुलुकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस स्कुलको मुख्य लक्ष्य विद्यार्थीहरूमा खोज गर्ने क्षमता, नयाँ विचारको सिर्जना र समस्या समाधान गर्ने सीपको विकास गर्नु हो। नर्सरीदेखि स्नातकोत्तरसम्मको अध्यापन हुने स्कुलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
अनुसन्धानमुखी शिक्षामा जोड दिने यस संस्थाले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी नेतृत्व तहमा पुग्न सक्ने, नवीन सोच राख्ने र नागरिक जिम्मेवारी वहन गर्न सक्ने सक्षम व्यक्तिको रूपमा तयार पार्ने लक्ष्य राखेको छ। नवीन शिक्षण पद्धतिलाई अवलम्बन गर्दै आएको कलेज उच्च मापदण्ड, आधुनिक भौतिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरणका कारण आज देशभरिका विद्यार्थीहरूको लागि एक रोजाइको गन्तव्य बनेको छ।































