रचनात्मक शिक्षण र शतप्रतिशत सफलताको गन्तव्य, युनाइटेड एकेडेमी

रचनात्मक शिक्षण र शतप्रतिशत सफलताको गन्तव्य, युनाइटेड एकेडेमी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालको उच्च शिक्षामा आधुनिक र रचनात्मक पठन विधिको अभ्यास गरिरहेको प्राज्ञिक गन्तव्य हो, युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल ।

ललितपुरको बालकुमारीमा विसं २०५९ सालदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस एकेडेमीले आफ्नो २७ वर्षे लामो यात्रामा हजारौँ विद्यार्थीहरूको भविष्य निर्माण गरिसकेको छ ।राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन गराउँदै आएको छ।

युनाइटेड एकेडेमीले परम्परागत शिक्षण पद्धतिभन्दा भिन्न वैज्ञानिक र रचनात्मक पठन विधिलाई अंगालेको छ।

एकेडेमीको मुख्य विशेषता भनेकै बोर्ड परीक्षामा हासिल गर्ने ए प्लस ग्रेड र बोर्ड टपरहरूको निरन्तरता हो। शतप्रतिशत नतिजा पस्किन सफल युनाइटेडले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू समेत सफलतापूर्वक सञ्चालन गरिरहेको छ।

युनाइटेड एकेडेमीले परम्परागत शिक्षण पद्धतिभन्दा भिन्न वैज्ञानिक र रचनात्मक पठन विधिलाई अंगालेको छ। फराकिला र खुला कक्षाकोठा, आधुनिक प्रयोगशाला, र आवश्यक सबै पुस्तकहरू उपलब्ध भएको व्यवस्थित पुस्तकालयले विद्यार्थीहरूलाई अध्ययनमा सहजता थपेको छ। यहाँ कार्यरत विद्यावारिधि गरेका र अनुभवी प्राध्यापकहरूले विद्यार्थीलाई केवल शिक्षकका रूपमा मात्र नभई मेन्टर का रूपमा उत्प्रेरित गर्ने गर्दछन्।

आधुनिक शैलीकै कारण युनाइटेड एकेडेमी आज विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइको शैक्षिक गन्तव्य बन्न सफल भएको छ।

किताबी ज्ञानका अतिरिक्त विद्यार्थीको क्षमता अभिवृद्धि गर्न यस एकेडेमीले अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकता दिने गरेको छ। पाठ्यक्रमसँग सम्बन्धित गतिविधिहरूले विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउने स्कुलको विश्वास छ। उत्कृष्ट भौतिक संरचना, अनुशासित वातावरण र सिकाइको आधुनिक शैलीकै कारण युनाइटेड एकेडेमी आज विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइको शैक्षिक गन्तव्य बन्न सफल भएको छ।

Logo