कोशी प्रदेशको उत्कृष्ट शैक्षिक गन्तव्य, अरनिको सेकेण्डरी स्कुल

कोशी प्रदेशको उत्कृष्ट शैक्षिक गन्तव्य, अरनिको सेकेण्डरी स्कुल

केन्द्रबिन्दु
1.33k
Shares

काठमाडौं । विसं २०३३ सालमा स्थापना भएको विराटनगरस्थित अरनिको सेकेण्डरी स्कुलले आफ्नो स्थापनाको झण्डै पाँच दशकमा आफूलाई कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गराएको छ। गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाका लागि कहलिएको यस स्कुलले राष्ट्रिय स्तरका परीक्षाहरूमा पटक-पटक देशभरमै सर्वोत्कृष्ट अङ्क हासिल गर्दै आफ्नो साख उच्च राखेको छ।

अनुभवी शिक्षाकर्मीहरूको समूहद्वारा व्यवस्थित यस विद्यालयले विशेषगरी विज्ञान विषयमा प्लस टु अध्ययन खोजिरहेका विविध पृष्ठभूमि भएका विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

अरनिको माध्यमिक विद्यालयले विद्यार्थीको बौद्धिक विकासका साथै उनीहरूको व्यक्तित्वको पूर्ण विकासलाई मूल लक्ष्य बनाएको छ। स्कुलले खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू बीच सन्तुलन कायम गर्दै विद्यार्थीहरूलाई भविष्यको जिम्मेवार नागरिक बनाउन मद्दत पु-याउँछ। अनुशासन नै जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने मान्यता राख्ने यस संस्थाले विद्यार्थीको सीप, योग्यता र दक्षता अभिवृद्धिमा विशेष जोड दिँदै आएको छ।

राष्ट्रिय भावनाबाट प्रेरित यस संस्थाले आधुनिक विश्वका जटिल चुनौतीहरूलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ।

गुणस्तर वृद्धिका लागि आवश्यक भौतिक पूर्वाधारमा अरनिको निकै सम्पन्न छ। स्कुलमा आधुनिक र सुसज्जित विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, सुविधासम्पन्न पुस्तकालय र पर्याप्त उज्यालो तथा फराकिला कक्षा कोठाहरू रहेका छन्। राष्ट्रिय परीक्षा बोर्ड र चिकित्सा शिक्षा आयोगका प्रवेश परीक्षाहरूमा यहाँका विद्यार्थीहरूले प्राप्त गरेको नतिजाले विद्यालयको शैक्षिक उचाइलाई पुष्टि गर्दछ।

नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

राष्ट्रिय भावनाबाट प्रेरित यस संस्थाले आधुनिक विश्वका जटिल चुनौतीहरूलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ। विद्यार्थी र अभिभावकको पूर्ण सन्तुष्टिलाई केन्द्रमा राख्दै अरनिकोले न्यूनतम लागतमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

विराटनगरको शैक्षिक गरिमालाई राष्ट्रिय स्तरमा फैलाउन सफल अरनिकोले आजको युवा पुस्ताको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउँदै उनीहरूलाई एक असल र राष्ट्रभक्त नागरिकको रूपमा तयार पारिरहेको छ।

Logo