सेन्ट मेरिज सेकेण्डरी स्कुल, जहाँ व्यावहारिक सिकाईलाई प्राथमिकता दिइन्छ

सेन्ट मेरिज सेकेण्डरी स्कुल, जहाँ व्यावहारिक सिकाईलाई प्राथमिकता दिइन्छ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । ‘पढ्नुको अर्थ जान्नु वा सिक्नु मात्र होइन, बरु आफूलाई सकारात्मक उर्जा र भावले परिपूर्ण पार्नु पनि हो,’ भन्ने मान्यतामा अघि बढेको शैक्षिक संस्था हो, सेन्ट मेरिज सेकेण्डरी स्कुल । ललिपुरको जावलाखेलमा सन् १९७५ मा स्थापना भएको सेन्ट मेरिजको अर्को विशेषता भनेको यहाँ छात्राहरुले मात्र भर्ना पाउँछन् ।

कक्षा १ देखि १० सम्मका साथै प्लस टुमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको यस माविले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको चौतर्फी व्यक्तित्व विकास र आध्यात्मिक चेतनालाई प्राथमिकता दिने आफ्नो छुट्टै पहिचान बनाएको छ। कक्षा ११ र १२ मा मात्रै १० वटा सेक्सनहरू सञ्चालनमा रहेको विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको छ ।

सेन्ट मेरिजको अर्को सबल पक्ष कक्षाकोठाको चौघेराभन्दा बाहिरको सिकाई हो।

सेन्ट मेरिजले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना गर्छ । यसरी सीमित विद्यार्थीलाई लिएर उनीहरुको सम्पूर्ण वृत्तिविकासमा सहयोग गर्ने सेन्ट मेरिजले वर्षेनी उत्कृष्ट नतिजा दिने गरेको छ । यहाँ विद्यार्थीहरूलाई केवल परीक्षामा सफल बनाउनु मात्र नभई उनीहरूलाई धार्मिक सहिष्णुता, मानवीय मर्यादा र सृष्टिको सम्मान गर्न सिकाउनु विद्यालयको मुख्य उद्देश्य हो। जेहेन्दार, गरिब एवं प्रतिभाशाली विद्यार्थीहरुलाई सही मार्गदर्शन दिन सकियोस् भनेर सेन्ट मेरिजले सस्तो तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

सीमित विद्यार्थीलाई लिएर उनीहरुको सम्पूर्ण वृत्तिविकासमा सहयोग गर्ने सेन्ट मेरिजले वर्षेनी उत्कृष्ट नतिजा दिने गरेको छ ।

सेन्ट मेरिजको अर्को सबल पक्ष भनेको कक्षाकोठाको चौघेराभन्दा बाहिरको सिकाई हो। फिल्ड एक्सपिरियन्सलाई महत्त्व दिने यस विद्यालयले विद्यार्थीहरूलाई वास्तविक संसारसँग साक्षात्कार गराउन विभिन्न बाह्य गतिविधिहरू सञ्चालन गर्दछ। यसले विद्यार्थीमा व्यावहारिक ज्ञान, नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गराउन मद्दत पुग्ने विश्वास गरिन्छ।

नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

आजको प्रतिस्पर्धात्मक युगमा पनि आफ्नो मौलिक मूल्य र मान्यतालाई जोगाउँदै सेन्ट मेरिज हाई स्कुलले नेपालको शैक्षिक क्षेत्रमा एउटा बलियो र भरोसायोग्य खम्बाका रूपमा आफूलाई उभ्याएको छ।

Logo