काठमाडौं । विद्यार्थीलाई केवल ‘रटने मेसिन’ होइन, उनीहरूको अन्तर्निहित क्षमता प्रस्फुटन गराउन सिर्जनशील वातावरण प्रदान गर्ने प्राज्ञिक थलो हो, समृद्धि स्कुल ।
२१औं शताब्दीको बदलिँदो बजार र विश्वव्यापी मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ काठमाडौंको वनस्थलीमा सञ्चालित यस स्कुलले छोटो समयमै आफूलाई एक उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गरेको छ। विसं २०७४ सालमा स्थापना भएको यस संस्थाले ‘के-१२’ शिक्षा प्रणालीमार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि समृद्धि यात्रा सञ्चालन गरिरहेको छ।
प्रत्येक बच्चा विशेष हुन्छ भन्ने मान्यता राख्दै विद्यालयले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित शिक्षालाई आफ्नो पाठ्यक्रमको मुख्य आधार बनाएको छ। आधुनिक प्रविधिको उच्चतम प्रयोगले यहाँको शिक्षण जगत्लाई थप प्रभावकारी र रुचिपूर्ण बनाएको छ।
जटिल र निरन्तर परिवर्तन भइरहेको विश्वमा आफूलाई उत्कृष्ट सावित गर्न सक्ने नागरिक तयार पार्नु नै समृद्धिको प्रमुख परिकल्पना हो।
कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ यस स्कुलले विशेष दख्खल राख्दछ। विद्यार्थीहरूलाई सानै उमेरदेखि उद्यमशीलता र व्यावसायिक ज्ञान प्रदान गर्नु यसको मुख्य लक्ष्य हो। ख्यातिप्राप्त प्राज्ञिक व्यक्तित्वहरूको नेतृत्वमा हुने शिक्षणले विद्यार्थीहरूलाई भविष्यका सफल म्यानेजर र प्रोफेसनल बनाउन मद्दत पुर्याइरहेको छ।
नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)
समृद्धि स्कुलको मूल मन्त्र नै इमानदारिता, निष्ठा र सेवा भाव हो। दया, सम्मान, उत्कृष्टता, जिम्मेवारी र सामूहिक कार्य जस्ता मुख्य मूल्यहरूलाई विद्यालयले आफ्नो मेरुदण्ड मानेको छ।
समृद्धि स्कुलले ‘के—१२’ शिक्षा प्रणालीमार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि समृद्धि यात्रा सञ्चालन गरिरहेको छ।
तीनवटा ठूला र सुविधासम्पन्न भवनहरूमा सञ्चालित यस स्कुलमा विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि पर्याप्त खेल मैदान र शैक्षिक स्रोतहरू उपलब्ध छन्। जटिल र निरन्तर परिवर्तन भइरहेको विश्वमा आफूलाई उत्कृष्ट सावित गर्न सक्ने नागरिक तयार पार्नु नै समृद्धिको प्रमुख परिकल्पना हो।
गुणस्तरीय शिक्षा, संस्कारयुक्त सिकाइ र भविष्य केन्द्रित दृष्टिकोणका कारण समृद्धि स्कुल हाल काठमाडौँको मात्र नभई देशकै एक आशालाग्दो शैक्षिक संस्थाका रूपमा अगाडि बढिरहेको छ ।





























प्रतिक्रिया