एसईई पश्चात्‌‌को भविष्य खोज्दै हुनुहुन्छ ? एनसीसीएस चण्डोल बन्न सक्छ बलियो आधारस्तम्भ

एसईई पश्चात्‌‌को भविष्य खोज्दै हुनुहुन्छ ? एनसीसीएस चण्डोल बन्न सक्छ बलियो आधारस्तम्भ

केन्द्रबिन्दु
843
Shares

काठमाडौं । ‘हुने बिरुवाको चिल्लो पात भनेझैँ’ विद्यार्थीको शैक्षिक जग जति बलियो भयो, भविष्य उति नै उज्ज्वल र सुनिश्चित हुने गर्दछ । माध्यमिक शिक्षा परीक्षाको खुड्किलो पार गरेर उच्च शिक्षाको सुन्दर सपना बुनिरहेका विद्यार्थीहरूका लागि काठमाडौँको चण्डोलस्थित नेशनल क्रीएटीभ को–एजुकेशनल स्कुल (एनसीसीएस) एक भरोसायोग्य र उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा दरिएको छ।

विगत एक दशकभन्दा लामो समयदेखि गुणस्तरीय शिक्षाको पर्यायवाची बनेको एनसीसीएसले कक्षा १ देखि १२ सम्मको शिक्षा प्रदान गर्दछ, जसमा व्यवस्थापन र विज्ञान संकायमा प्लस टु कार्यक्रम पनि समावेश छ।

‘शिक्षा नै जीवनको प्रकाश हो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै यस संस्थाले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीको चौतर्फी र रचनात्मक विकासलाई आफ्नो मूल मन्त्र बनाएको छ। आधुनिक र समय सापेक्षित शिक्षण विधिलाई अँगालेकै कारण आज यो विद्यालय अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल भएको हो।

एनसीसीएसको सबैभन्दा सबल पक्ष भनेको यहाँको परिणाममुखी नतिजा हो। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षाहरूमा हरेक वर्ष शत प्रतिशत नतिजा निकाल्न सफल यस स्कुलका विद्यार्थीहरूले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो अब्बल उपस्थिति जनाउँदै आएका छन्। विद्यालयले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरूको क्षमता र रुचि अनुरूप भविष्यको सही मार्ग निर्देशन समेत गर्ने गर्दछ।

भौतिक पूर्वाधार र शैक्षिक वातावरणको हिसाबले पनि एनसीसीएस उत्तिकै सुसज्जित देखिन्छ। चण्डोलस्थित आफ्नै नयाँ र भव्य भवनमा सञ्चालित यस स्कुलमा पर्याप्त खेल मैदान, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, डिजिटल पुस्तकालय र सुविधासम्पन्न सम्मेलन हलहरू उपलब्ध छन्। विद्यार्थीको सहजताका लागि यातायातको सुलभ व्यवस्था र स्वच्छ क्याफेटेरियाले यहाँको शैक्षिक वातावरणलाई थप विद्यार्थीमैत्री बनाएको छ।

एनसीसीएसले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको समेत व्यवस्था गरेको छ। रकम अभावकै कारण कुनै पनि प्रतिभावान विद्यार्थी शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भन्नेमा संस्था सचेत देखिन्छ।

अनुभवी र दक्ष प्राध्यापकहरूको समूह, प्रयोगात्मक सिकाई पद्धति र सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्ने पाठ्यक्रमले एनसीसीएसलाई अन्य शैक्षिक संस्थाभन्दा भिन्न र विशिष्ट बनाएको छ। आत्मनिर्भर, नैतिकवान र सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य बोकेको यस संस्थाले विद्यार्थीहरूलाई भोलिको प्रतिस्पर्धी बजारमा खरो उत्रन सक्ने गरी तयार पार्छ। त्यसैले, एसईई पश्चात् एउटा सफल करियरको जग बसाल्न चाहने जो कोहीका लागि एनसीसीएस वास्तवमै एउटा सुनौलो र सुन्दर थलो हो भन्रेमा द्विमत छैन ।

Logo