भरोसायोग्य शैक्षिक गन्तव्य, विश्व निकेतन

भरोसायोग्य शैक्षिक गन्तव्य, विश्व निकेतन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आठ दशक लामो गौरवमय इतिहास बोकेको काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालयले आफ्नो निरन्तरको उत्कृष्ट नतिजा र सबल भौतिक पूर्वाधारका कारण नेपालकै अग्रणी नमुना विद्यालयको साख जोगाउन सफल भएको छ।

काठमाडौंको त्रिपुरेश्वरमा वि.सं. २००३ सालमा स्थापना भएको यस विद्यालयले २०५२ सालदेखि प्लस टु कार्यक्रम सुरु गरी गुणस्तरीय उच्च शिक्षाको क्षेत्रमा एक बलियो आधारशिला तयार पारेको छ।

वरिष्ठ शिक्षाविद् र अनुभवी शिक्षकहरूको व्यवस्थापनमा सञ्चालित विश्व निकेतनले हाल विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँचवटै संकायमा अध्यापन गराउँदै आएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका यी कार्यक्रमहरू बिहान र दिउँसो गरी दुई सिफ्टमा सञ्चालन हुने गर्दछन्।

विद्यार्थीहरूको जग बलियो बनाउन विश्व निकेतनले विशेष भूमिका खेल्दै आएको छ।

सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विश्व निकेतनले आफ्नो उत्कृष्ट नतिजा र सबल भौतिक पूर्वाधारका कारण पटक-पटक राष्ट्रिय सम्मान प्राप्त गरेको छ। विसं २०६४ सालमा नमुना उच्च माध्यमिक विद्यालय को रूपमा छानिएको यस संस्थाले २०७४, २०७५ र २०८१ सालमा गरी तीन पटक राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल भएको छ। यसका साथै २०६२ र २०६५ सालमा क्षेत्रीय पुरस्कार समेत जितेर यसले आफ्नो साखलाई प्रमाणित गरिसकेको छ।

चिकित्सा, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी र सार्वजनिक प्रशासन जस्ता क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि यो विद्यालय एक भरोसायोग्य थलो बनेको छ।

विद्यार्थीहरूको जग बलियो बनाउन विश्व निकेतनले विशेष भूमिका खेल्दै आएको छ। यहाँका विद्यार्थीहरूले राष्ट्रिय स्तरका प्रवेश परीक्षाहरूमा ऐतिहासिक सफलता हासिल गरेका छन्। वि.सं. २०७८ को चिकित्सा शिक्षा साझा प्रवेश परीक्षामा विद्यार्थी आशिक झा ले नेपाल टप गरी स्कुलको गौरव बढाएका थिए । चिकित्सा, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी र सार्वजनिक प्रशासन जस्ता क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि यो विद्यालय एक भरोसायोग्य थलो बनेको छ।

नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

सुविधासम्पन्न भौतिक संरचना, पर्याप्त पुस्तकसहितको पुस्तकालय र प्रविधिमैत्री शैक्षिक वातावरण यहाँको मुख्य विशेषता हो। विद्यालयले समयको माग र विश्वबजारको आवश्यकता अनुसार आफ्नो पाठ्यक्रमलाई निरन्तर परिमार्जन गर्दै लगेको छ। योग्य, अनुभवी र समर्पित शिक्षकहरूको लगनशीलताकै कारण विश्व निकेतनले हरेक वर्ष उत्कृष्ट नतिजा पस्किँदै आएको छ।

Logo