काठमाडौं । शैक्षिक संस्थाहरुको भीडमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको प्राज्ञिक संस्था हो, नेसनल कलेज अफ साइन्सेज सेकेण्डरी स्कुल (निस्ट) । वि.सं. २०५० सालमा स्थापना भएको यो संस्थाले विगत ३० वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा उच्च शिक्षा प्रदान गर्दै आएको छ।
विज्ञ वैज्ञानिक र अनुभवी प्राज्ञहरूको समूहद्वारा स्थापित यो स्कुल पछिल्लो समय विद्यार्थीहरूको पहिलो रोजाइमा पर्न सफल भएको छ । निस्ट फाउन्डेसन अन्तर्गतको एक मुख्य अङ्गका रूपमा रहेको यस विद्यालयले विद्यार्थीहरूलाई विश्वव्यापी नागरिकका रूपमा तयार गर्ने लक्ष्य राखेको छ।
प्रविधिमैत्री शिक्षालाई आत्मसात गर्दै निस्टले आफ्नै म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम लागू गरेको छ ।
कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापनमा अध्यापन गराउँदै आएको स्कुलले हालै सार्वजनिक गरेको विगत तीन शैक्षिक सत्रको नतिजा उत्साहजनक देखिएको छ । २०८० को ब्याचमा १३४ जनाले ए प्लस ग्रेड ल्याएका थिए भने २०८२ को ब्याचमा यो संख्या उल्लेख्य रूपमा वृद्धि भई २०१ पुगेको छ। यसैगरी ए ग्रेड ल्याउने विद्यार्थीको संख्या पनि २८९ बाट बढेर ४२१ पुगेको छ। कलेजको करिब १०० प्रतिशत उत्तीर्ण नतिजा र यहाँका स्नातकहरूले चिकित्सा शास्त्र, इन्जिनियरिङ, वास्तुकला र सूचना प्रविधि जस्ता प्राविधिक विषयहरूमा प्राप्त गर्ने पूर्ण छात्रवृत्तिले यसको प्राज्ञिक उचाइलाई पुष्टि गर्दछ।
प्रविधिमैत्री शिक्षालाई आत्मसात गर्दै निस्टले आफ्नै म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम लागू गरेको छ । जसले विद्यार्थीको व्यक्तिगत विवरण, शैक्षिक प्रगति र उपस्थिति ट्र्याक गर्नुका साथै अभिभावकसँग सिधा सञ्चार स्थापित गर्दछ। प्रत्येक कक्षाकोठामा ३६ जनाको मात्रै क्षमता, फिक्स्ड प्रोजेक्टर र उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ।
विद्यार्थीको चौतर्फी व्यक्तित्व र नेतृत्व विकासका लागि स्कुलले किताबी ज्ञानका साथै आइटी, सोसल र डिबेट क्लब जस्ता गतिशील मञ्चहरू प्रदान गर्दै आएको छ।
स्मार्टफोनको सही सदुपयोगका लागि स्कुलले विशेष व्यवस्था गरेको छ। विद्यार्थीहरूले आफ्ना फोनहरू विद्यालय छिर्दा पिजनहोलमा बुझाउनुपर्ने र छुट्टी भएपछि मात्र फिर्ता पाउने नियम बनाइएको छ, जसले गर्दा कक्षाकोठाको वातावरण मर्यादित रहने स्कुल प्रशासनको दाबी छ।
केवल किताबी ज्ञानमा मात्र सीमित नभई स्कुलले विद्यार्थीको नेतृत्व विकासका लागि आइटी एण्ड साइन्स क्लब, सोसल क्लब र डिबेट क्लब जस्ता विभिन्न मञ्चहरू उपलब्ध गराएको छ। १० किलोमिटरको परिधिभित्र यातायात सुविधा, स्वास्थ्य सेवाका लागि इन्फर्मरी र पोषणयुक्त क्यान्टिनको व्यवस्थाले विद्यार्थीको बसाइलाई सुरक्षित र सहज बनाएको छ।































