‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’बाट सम्मानित हुने यी हुन् शैक्षिक संस्थाहरू

‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’बाट सम्मानित हुने यी हुन् शैक्षिक संस्थाहरू

केन्द्रबिन्दु
1.07k
Shares

काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएका विद्यालय तथा कलेजहरूलाई सम्मान गर्ने उद्देश्यले केन्द्रबिन्दु मिडिया प्रालिले ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ आयोजना गर्ने भएको छ ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने प्लस टु शिक्षण संस्थाहरूलाई प्रोत्साहित र सम्मानित गर्ने उद्देश्यले आगामी जेठ दोस्रो साता काठमाडौंमा यो कार्यक्रम आयोजना हुन लागेको हो।

यस कार्यक्रममा लामो समयदेखि अनवरत रुपमा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र’ उपाधिबाट सम्मान गरिने छ । यद्यपि, यस वर्ष उक्त उपाधिबाट पुरस्कृत हुने व्यक्तित्वको आधिकारिक घोषणा भने छनाेट समितिले गर्न बाँकी रहेको छ । यसअघि सम्पन्न पहिलो संस्करणको ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र’ बाट प्रा.डा. सुरेशराज शर्मा, दोस्रो संस्करणबाट चाँदनी जोशी र तेस्रो संस्करणबाट उमेश श्रेष्ठ सम्मानित भइसकेका छन् । यसका साथै कार्यक्रममा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’ बाट पनि विभिन्न व्यक्तित्वहरू सम्मानित हुँदै आएकाे र यसपटक पनि उक्त सम्मानलाई निरन्तरता दिइने छ ।

नेपालका उत्कृष्ट माध्यमिक विद्यालयहरु (प्लस टु)

पछिल्लो समय नेपाली शिक्षा क्षेत्रमा देखिएका सकारात्मक अभ्यास, प्रतिस्पर्धात्मक गुणस्तर, आधुनिक शिक्षण पद्धतिलाई थप प्रोत्साहन गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूको पहिचान गर्न केन्द्रबिन्दुले यस अवार्डलाई निरन्तरता दिँदै आएको छ। यस पटकको कार्यक्रममा पनि देशैभरका उत्कृष्ट प्लस टु कलेजहरूमध्येबाट शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, व्यवस्थापन क्षमता, विद्यार्थी उपलब्धि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप तथा समग्र शैक्षिक योगदानका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गर्ने निर्णय भएको छ ।

कुन विद्यालयले के पाए अवार्ड ?

शैक्षिक क्षेत्रमा आफूलाई स्थापित गरी आफ्नो पहिचान बनाएका उत्कृष्ट निजी तथा आवासीय विद्यालयहरू केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् ।

१. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – काठमाडौं मोडल सेकेन्डरी स्कुल (बागबजार)
२. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – ट्रिनिटी इन्टरनेशनल सेकेन्डरी स्कुल
३. बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड – जेभियर एकेडेमी
४. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड – नासा सेकेन्डरी स्कुल
५. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड -लिभरपुल सेकेण्डरी स्कुल
६. कन्सिस्टेन्ट एकेडेमिक पर्फमेन्स अवार्ड – रिलायन्स इन्टरनेशनल एकेडेमी
७. कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड – सेन्ट लरेन्स सेकेन्डरी स्कुल
८. बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड – मेरील्याण्ड सेकेन्डरी स्कुल
९. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – अरनिको आवासीय सेकेन्डरी स्कुल
१०. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – मदरल्याण्ड सेकेन्डरी स्कुल
११. बेस्ट इनोभेटिभ टिचिङ प्राक्टिसेस अवार्ड – नेपाल मेगा कलेज
१२. प्रेस्टिजियस प्लस टु अवार्ड – नोबेल एकेडेमी सेकेन्डरी स्कुल
१३. बेस्ट लर्निङ सेन्टर अवार्ड – लिटिल एन्जल्स सेकेन्डरी स्कुल
१४. आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड – भीएस निकेतन सेकेन्डरी स्कुल
१५. डाइनामिक एजुकेसन लिडरसिप अवार्ड – नेपाल काष्ठमण्डप
१६. रिजनल प्रेस्टिज अवार्ड – शिक्षादीप बाेर्डिङ सेकेन्डरी स्कुल

‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गर्ने संस्थागत शैक्षिक संस्थाहरु

• प्रसादी एकेडेमी
• एनसीसीएस सेकेन्डरी स्कुल
• समृद्धि सेकेन्डरी स्कुल
• टेक्सस इन्टरनेशनल सेकेन्डरी स्कुल
• मनास्लु वर्ल्ड स्कुल
• किस्ट सेकेन्डरी स्कुल
• मोर्गन सेकेन्डरी स्कुल
• काठमाडौं बर्न्हाट सेकेन्डरी स्कुल
• पिनाकल एकेडेमी सेकेन्डरी स्कुल
• काठमाडौं मोडल कलेज (बालकुमारी)
• ब्रिजवाटर सेकेन्डरी स्कुल
• आईएसटी सेकेन्डरी स्कुल

यस अवार्डको मुख्य उद्देश्य शिक्षण संस्थाहरूको भौतिक पूर्वाधार, शैक्षिक नतिजा, अतिरिक्त क्रियाकलाप र विद्यार्थीहरूको सर्वाङ्गिण विकासका आधारमा उत्कृष्ट संस्थाहरूलाई पुरस्कृत गर्नु हो । कार्यक्रममा देशभरका उत्कृष्ट विद्यालय तथा कलेजहरू, शिक्षाविद्, प्रिन्सिपल, शिक्षक तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

साथै विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीका लागि गुणस्तरीय परामर्श सेवा दिँदै सेतूको भूमिका निभाइरहेका र नेपालमा पनि विदेशी विद्यार्थी भित्र्याउन उत्तिकै महत्वपूर्ण योगदान गर्ने कन्सटल्टेन्सीहरुलाई पनि केन्द्रबिन्दुले सम्मान गर्नेछ । मोस्ट प्रिफर्ड कन्सल्टेन्सी युके, मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अष्ट्रेलिया, मोस्ट प्रिफर्ड कन्सल्टेन्सी न्यूजिल्याण्ड, मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अमेरिका, मोस्ट प्रिफर्ड कन्सल्टेन्सी क्यानडा, मोस्ट प्रिफर्ड कन्सल्टेन्सी जापान, मोस्ट प्रिफर्ड कन्सल्टेन्सी आयरल्याण्ड, ग्लोबल कनेक्टिभिटी अवार्ड, ग्लोबल प्रिजेन्स अवार्ड, इन्टरनेसनल रिकग्निसन अवार्ड, इमर्जिङ कन्सल्टेन्सी इन नेपाल, इमर्जिङ कन्सल्टेन्सी इन नेपाल, इमर्जिङ कन्सल्टेन्सी इन नेपाल, लिडिङ मल्टि–डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड, पायोनियर इन अष्ट्रेलियन एजुकेसनलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने छ ।

Logo