मेरील्याण्ड सेकेन्डरी स्कुललाई ‘बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’

मेरील्याण्ड सेकेन्डरी स्कुललाई ‘बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । विराटनगरमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मेरील्याण्ड सेकेन्डरी स्कुलले यस वर्षको ‘बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा मेरील्याण्डलाई उक्त विशिष्ट विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो।

स्थापनाकालदेखि नै मोफसलको शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको मेरील्याण्डले ऐतिहासिक र निरन्तरको उत्कृष्ट प्राज्ञिक सफलता हासिल गरेको कदरस्वरूप सो अवार्ड प्रदान गर्न लागिएको हो। विशेष गरी प्लस टुअन्तर्गत विज्ञान, व्यवस्थापन र कम्प्युटर विज्ञान संकायका यस स्कुलले राष्ट्रिय स्तरमै ऐतिहासिक नतिजा र उत्कृष्ट स्थान हासिल गर्दै आफ्नो छुट्टै साख स्थापित गर्न सफल भएको छ।

प्राज्ञिक उत्कृष्टताको केन्द्र, मेरील्याण्ड सेकेण्डरी स्कुल

अनुभवी प्राध्यापक वर्ग, उत्कृष्ट शिक्षण पद्धति, समयसापेक्ष प्रविधिको प्रयोग र विद्यार्थीहरूको वृत्तिविकासका लागि उपत्यकाबाहिर रहेर पनि देशकै अग्रणी शैक्षिक संस्थाका रूपमा आफूलाई उभ्याउन सफल भएकाले मेरील्याण्डलाई सो अवार्ड प्रदान गर्न लागिएको हो।

भौतिक पूर्वाधारका दृष्टिले पनि मेरील्याण्ड अब्बल रहेको छ। विराटनगरको मुटुमा अवस्थित यस स्कुलमा अत्याधुनिक प्रयोगशाला, डिजिटल पुस्तकालय, मल्टिमिडिया सुविधा, अन्तराष्ट्रिय स्तरको बास्केटबल कोर्ट र क्रिकेट नेट जस्ता सुविधाहरू उपलब्ध छन्। विद्यार्थीको सुरक्षाका लागि सिसी क्यामेरा मार्फत पूर्ण निगरानी र स्वास्थ्यका लागि विद्यालयभित्रै निस्शुल्क प्राथमिक उपचारको व्यवस्था गरिएको छ।

केन्द्रबिन्दुले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo