शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुललाई ‘रिजनल प्रेस्टिज अवार्ड’

शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुललाई ‘रिजनल प्रेस्टिज अवार्ड’

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । मोफसलको प्रमुख शैक्षिक केन्द्र विराटनगरमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुलले यस वर्षको ‘रिजनल प्रेस्टिज अवार्ड’ प्राप्त गरेको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा शिक्षादीपलाई उक्त विशिष्ट विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो।

राजधानी बाहिर अर्थात् कोशी प्रदेशको शैक्षिक विकास र गुणस्तर अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शिक्षादीपले आर्जन गरेको उच्च साख र जनविश्वासको कदरस्वरूप सो अवार्ड प्रदान गर्न लागिएको हो। स्थापनाकालदेखि नै यस स्कुलले विशेष गरी विज्ञान र व्यवस्थापन संकायमा पूर्वी नेपालमै एकछत्र पहिचान स्थापित गर्न सफल भएको छ।

अत्याधुनिक भौतिक पूर्वाधार, उत्कृष्ट एवं अनुभवी प्राध्यापक टोली, प्रयोगात्मक सिकाई पद्धति र विद्यार्थीहरूको बौद्धिक तथा मानसिक विकासका लागि अनुकूल शैक्षिक वातावरण नै शिक्षादीपका सबल पक्ष हुन्। राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा निरन्तर उच्च स्थान र सर्वोत्कृष्ट नतिजा हासिल गर्दै यस स्कुलले उपत्यकाबाहिर पनि विश्वस्तरीय शिक्षा सम्भव छ भन्ने कुरा प्रमाणित गरेकै कारण यो विधामा सम्मानका लागि चयन गरेको हो।

पूर्वको शैक्षिक शान, शिक्षादीप सेकेन्डरी स्कुल

तीन दशकदेखि गुणस्तरीय शिक्षाको पर्याय बनेको शिक्षादीपको एउटा विशिष्ट पक्ष भनेको यसले प्लस टु तहका दुई मुख्य संकाय विज्ञान र व्यवस्थापन का लागि छुट्टाछुट्टै शैक्षिक ब्लकहरूको व्यवस्था गरेको छ। संकाय अनुसारका विद्यार्थीका आवश्यकताहरू फरक हुने कुरालाई मध्यनजर गर्दै प्रत्येक ब्लकलाई आवश्यक सबै अत्याधुनिक भौतिक पूर्वाधारले सुसज्जित पारिएको छ। यहाँ मल्टिमिडिया प्रोजेक्टर, अडियो९भिजुअल सामग्री, प्रदर्शन र प्रदर्शनीका साथै विद्यार्थी–केन्द्रित शिक्षण पद्धति अपनाइन्छ। प्रयोगात्मक ज्ञानका लागि यहाँ अत्याधुनिक प्रयोगशाला र पहिलो हातको प्रयोगमा विशेष जोड दिइन्छ।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo