ललितपुर । मानभवनस्थित प्रसादी एकेडेमी सेकेण्डरी स्कुलले झण्डै तीन दशकदेखि कक्षा ११ र १२ पठनपाठन गराउँदै आएको छ । देशभरका करिब ५ हजार शैक्षिक संस्थाहरुमध्ये विगत २९ वर्षदेखि पहिलो नम्बरमै राज गरिरहेको प्रसादीले उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा दिने संस्थाका रुपमा बेग्लै ‘प्रसादी ब्राण्ड’ बनाएको छ ।
प्रसादी एकेडेमीको सफलताको प्रमुख कारण ‘एकल कार्यक्रम, एकल व्यवस्थान’को नीति नै हो । माविका प्रमुख विक्रम राई भन्छन्, ‘एकल कार्यक्रम, एकल व्यवस्थापनको नीति नै हाम्रो उत्कृष्टताको प्रमुख कारण हो ।’ सिमित भर्ना, अनुभवी फ्याकल्टी र विद्यार्थीका लागि व्यवस्थित शैक्षिक वातावरणजस्ता कारणले प्रसादीलाई सदैंब अब्बल माविको पहिलो नम्बरमै टिकिरहने बनाएको छ । विद्यार्थीको सुक्ष्म निगरानी र गुणस्तरीय पठनपाठनजस्ता कुराले प्रसादीको शैक्षिक जगलाई बलियो बनाएको छ ।
हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सतप्रतिशत नतिजा हासिल गर्नु प्रसादीका लागि आम विषय भइसकेको छ ।
विद्यार्थीमुखी प्रचारलाई बेवास्ता गर्दै आफ्नै कर्ममा तल्लीन रहनु यो माविको अर्को प्रमुख विशेषता हो । २९ वर्षदेखि ११ र १२ कक्षा मात्रै पढाइरहेको प्रसादीले लगातार पाँच पटक उत्कृष्ट माविको पुरस्कार पाएको छ । सन् १९९८ मा स्थापना भएको प्रसादीले सिमित सिटमा मात्र भर्ना खुलाउने यस संस्थाले कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ ।
हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सतप्रतिशत नतिजा हासिल गर्नु प्रसादीका लागि आम विषय भइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सन् २०२४ मा ७२० जना विद्यार्थी सहभागी गराएको प्रसादीका ७१६ विद्यार्थी पास भएका छन् भने सन् २०२५ मा ७०३ विद्यार्थी परीक्षा दिएकामा ७०१ जना विद्यार्थी पास भएका छन् ।
उच्च शैक्षिक वातावरणसहित गुणस्तरीय शिक्षालाई पहिलो ध्यये बनाएको प्रसादीको सफलताको यसको नतिजामा झल्किन्छ । माविका प्रिन्सिपल राईका अनुसार प्रसादीले आफ्ना विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै करिअर र व्यवहारमुखी शिक्षामा बढी केन्द्रीत गर्दै आइरहेको छ । परिणाम नै मान्नुपर्छ, हरेक वर्ष सयौंको संख्यामा उच्च शिक्षाको ढोका ढक्ढकाउने प्रसादीयनहरुले मेडिसिन, इन्जिनिरिङ, कृषि, वनजस्ता फिल्डमा उच्च -यांकिङमा नाम मात्रै निकाल्दैनन्, प्रतिष्ठित विदेशी युनिभर्सिटीमा पनि उत्तिकै प्रवेश पाइरहेका हुन्छन् ।
विद्यार्थीमुखी प्रचारलाई बेवास्ता गर्दै आफ्नै कर्ममा तल्लीन रहनु यो माविको अर्को प्रमुख विशेषता हो ।
जसका कारण यो अवधिमा हजारौं प्रसादीयनहरु मुलुकभित्र र बाहिरका कर्पोरेट कम्पनीको उच्च तहको व्यवस्थापनदेखि डाक्टर, इन्जिनियर, वैज्ञानिक र अनुसन्धानदाताका रुपमा प्रसादीले हालिदिएको उत्कृष्ट शिक्षाको जगमा सुवास फैलाइरहेका छन् । ‘हामी कहिल्यै प्रचारमुखी भएनौं,’ प्रमुख राई भन्छन्, ‘हाम्रो एकमात्र ध्येय विद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा दिनु हो, उनीहरुको जीवनलाई बलियो अनुशासनमा राखेर कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने सिकाउनु हो ।’
राईका अनुसार त्यही कारण प्रसादीका उत्पादनहरु अहिले संसारभर काबिल जनशक्तिका रुपमा आफ्नो दरिलो उपस्थिती जनाइरहेका छन् ।
प्रसादीले विद्यार्थीलाई केन्द्रीत पठनपाठन शैली, शिक्षक र विद्यार्थीबीच उत्कृष्ट संयोजन, आधुनिक प्रविधि, नैतिक मूल्य मान्यता र अतिरिक्त क्रियाकलापसँगै विद्यार्थी रुचिलाई मिहिन ढंगले केलाएर त्यहीअनुसार विद्यार्थीको समग्र विकासमा जोड दिँदै आएको छ । ‘हामी विद्यार्थीलाई ज्ञान मात्रै दिदैंनौं । समाज र राष्ट्रप्रीत उनीहरुको दायित्व बुझाउँछौं,’ राई थप्छन्, ‘प्राप्त ज्ञान र सीपलाई कसरी समाजको बेटरमेन्टका लागि उपयोग गर्ने, कसरी जीवनलाई रचनात्मक र अर्थपूर्ण बनाउने भन्ने सिकाउँछौं ।’ यही कारणले प्रसादीमा भर्ना पाउनका लागि हजारौं विद्यार्थीहरुले वर्षेनी प्रतिस्पर्धा गर्छन् ।































