काठमाडाैं । एसईईको नतिजासँगै विद्यार्थीको जीवनमा एउटा यस्तो मोड आउँछ, जहाँ लिइने एक सही निर्णयले भविष्यको मार्गचित्र तय गर्छ। यही महत्वपूर्ण मोडमा, शैक्षिक उत्कृष्टता र अनुशासनको पर्याय बनेर उभिएको छ, काठमाडौंको चाबहिलमा अवस्थित विनायक सिद्ध (भीएस) कलेज ।
वि.सं. २०७१ सालमा स्थापना भएको भीएस कलेज चाबहिलले छोटो समयमै गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका कारण आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकाय सञ्चालन गरिरहेको विनायक सिद्ध कलेजले विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान गरी उनीहरूलाई लक्ष्यप्रति केन्द्रित बनाउन विशेष भूमिका खेल्दै आएको छ।
भीएस कलेज चाबहिल छोटो समयमै गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका कारण आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ ।
विनायक सिद्ध कलेजको मुख्य विशेषता भनेको केवल पाठ्यक्रम सम्पन्न गराउनु मात्र होइन, विद्यार्थीहरूमा समालोचनात्मक सोच र विश्लेषणात्मक क्षमता गराउनु हो। यहाँका अनुभवी तथा दक्ष प्राध्यापकहरू केवल शिक्षकको भूमिकामा सीमित छैनन्, उनीहरू विद्यार्थीका मार्गदर्शक र मेन्टरका रूपमा निरन्तर सक्रिय छन्। व्यक्तिगत मोटिभेसन काउन्सिलिङ, नियमित शैक्षिक निगरानी र करियर मार्गदर्शनका कारण विद्यार्थीहरूलाई आफ्नो लक्ष्य निर्धारण गर्न सहज वातावरण निर्माण गरिएको छ।
अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा, सुविधासम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला र समृद्ध पुस्तकालय विनायक सिद्ध कलेजका प्रमुख आकर्षण हुन्। अनुशासन र व्यवस्थित शैक्षिक संरचनालाई विशेष प्राथमिकता दिने भीएस, कलेज चाबहिलले विद्यार्थीहरूलाई मर्यादित, जिम्मेवार र प्रतिस्पर्धी नागरिकका रूपमा विकास गर्न जोड दिँदै आएको छ।
हरेक वर्ष एमबीबीएस, बीएस्सी नर्सिङ, इन्जिनियरिङ, बीबीए, बीआईटी, बीएचएम, चार्टर्ड एकाउन्टेन्सी र बीएएलएलबीजस्ता प्रतिस्पर्धात्मक क्षेत्रमा विनायक सिद्ध कलेजका विद्यार्थीहरूले छात्रवृत्तिसहित सफलता हासिल गर्दै आएका छन्। साथै, विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरूमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरूले पनि कलेजको शैक्षिक स्तरलाई प्रमाणित गरेका छन्।
भीएस कलेज चाबहिलको मुख्य विशेषता केवल पाठ्यक्रम सम्पन्न गराउनु मात्र होइन, विद्यार्थीहरूमा समालोचनात्मक सोच र विश्लेषणात्मक क्षमता गराउनु हो।
शिक्षासँगै भीएस कलेज चाबहिलको अर्को गर्विलो पाटो भनेको यसले उत्पादन गरेका राष्ट्रिय रत्नहरू हुन्। नेपाली महिला फुटबलकी ‘मेसी’प्रीति राई, पुरुष राष्ट्रिय टोलीका आयुष घलान, र दर्जनौँ राष्ट्रिय खेलाडीहरू यहीँबाट दीक्षित भएका हुन्। खेलकुद मात्र होइन, नृत्य क्षेत्रमा विश्व कीर्तिमान राख्ने सरस्वती धिमाल, सुरेन राईलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ कलाकार र नृत्य निर्देशकदेखि अन्तर्राष्ट्रिय रियालिटी शोमा चम्किएका प्रतिभाहरू विनायक सिद्धकै उत्पादन हुन्।
प्रतिभावान तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन गर्न भीएस, कलेज चाबहिलले यस वर्ष पनि विभिन्न क्षेत्रमा उत्कृष्ट प्रतिभालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। विद्यार्थीको प्रतिभा पहिचान, प्रवर्द्धन र संरक्षणलाई मुख्य लक्ष्य बनाएको विनायक सिद्ध कलेज आजको पुस्ताका लागि गुणस्तरीय, सुरक्षित र भविष्यमुखी शैक्षिक गन्तव्य बनेको छ।





























प्रतिक्रिया