रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ‘कन्सिस्टेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’

रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ‘कन्सिस्टेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौंको चाबहिलमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था रिलायन्स इन्टरनेसनल एकेडेमीले यस वर्षको ‘कन्सिस्टेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा रिलायन्स एकेडेमीलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो।

स्थापनाकालदेखि नै राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा निरन्तर रूपमा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो बलियो शैक्षिक साख जोगाउन सफल भएकाले एकेडेमीलाई सो अवार्ड प्रदान गर्न लागिएको हो। उतारचढावबिना हरेक वर्ष लगातार उच्च प्राज्ञिक प्रदर्शन कायम राख्नु नै यस संस्थाको मुख्य विशेषता रहँदै आएको छ। विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन हुने यो शिक्षण संस्थामा कक्षा ११ र १२ मा भने विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुने गरेको छ ।

उत्कृष्ट एवं अनुभवी प्राध्यापक टोली, व्यावहारिक शिक्षण पद्धति, अनुशासित वातावरण र विद्यार्थीहरूको शैक्षिक जग बलियो बनाउन संस्थाले पुर्‍याएको अथक योगदानको उच्च कदर गर्दै यो सम्मान दिन लागिएको हाे । रिलायन्सले विद्यार्थीहरूको बौद्धिक विकासका साथै उनीहरूको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापलाई पनि निरन्तर जोड दिँदै आएको छ।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo