नोबेल एकेडेमी सेकेण्डरी स्कुललाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड’

नोबेल एकेडेमी सेकेण्डरी स्कुललाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड’

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नोबेल एकेडेमी सेकेण्डरी स्कुलले यस वर्षको गरिमामय ‘प्रेस्टिजियस प्लस टु अवार्ड’ प्राप्त गरेको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा नोबेल एकेडेमीलाई उक्त उच्च विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो।

स्थापनाकालदेखि नै नेपाली शैक्षिक क्षेत्रमा एक प्रतिष्ठित ब्रान्डका रूपमा स्थापित नोबेल एकेडेमीले उच्च स्तरीय प्राज्ञिक वातावरण, उत्कृष्ट नतिजा र विद्यार्थीहरूको व्यक्तित्व विकासमा खेल्दै आएको अग्रणी भूमिकाको उच्च कदर गर्दै सो अवार्ड प्रदान गर्न लागिएको हो।

सन् १९९८ मा शिक्षाप्रेमी र दूरदर्शी शिक्षाविद्हरूको समूहद्वारा स्थापित नोबेल एकेडेमी को-एजुकेसन पद्धतिमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित रही आज हजारौँ विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बनेको छ। हाल यहाँ माध्यमिक तह अन्तर्गत विज्ञान, व्यवस्थापन र ललितकला संकायमा उत्कृष्ट कार्यक्रमहरू सञ्चालन भइहेको छ।

अनुभवी एवं दक्ष प्राध्यापक टोली, अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा र विद्यार्थीहरूको सर्वांगीण विकासका लागि सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप नै यस एकेडेमीका सबल पक्ष रहँदै आएका छन्।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo