भीएस निकेतन सेकेण्डरी स्कुललाई ‘आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड’

भीएस निकेतन सेकेण्डरी स्कुललाई ‘आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड’

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । शिक्षा क्षेत्रमा नवीन अभ्यास, गुणस्तरीय शिक्षण प्रणाली तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्‍याएको योगदानको कदर गर्दै भीएस निकेतन सेकेण्डरी स्कुल लाई ‘आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड’ प्रदान गरिने भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत उक्त विद्यालयलाई यस प्रतिष्ठित विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हाे ।

काठमाडौँको मीनभवनस्थित लामो समयदेखि विद्यार्थीमैत्री सिकाइ वातावरण, प्रविधिमैत्री शिक्षण पद्धति तथा व्यवहारिक शिक्षामा जोड दिँदै आएको भीएस निकेतनले शैक्षिक क्षेत्रमा आफूलाई एक अग्रणी संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ । विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास, नैतिक शिक्षा तथा सिर्जनात्मक क्षमताको विकासलाई पनि समान प्राथमिकतामा राख्दै आएको छ ।

दक्ष शिक्षक टोली, व्यवस्थित शैक्षिक प्रणाली तथा समयअनुकूल शिक्षण अभ्यासका कारण विद्यालयले विद्यार्थी र अभिभावकमाझ विश्वासिलो शैक्षिक गन्तव्यको पहिचान बनाएको छ ।

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३ ले देशभरका उत्कृष्ट विद्यालय, कलेज तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने संस्थाहरूलाई सम्मान गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ । कार्यक्रममा शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, शिक्षाविद् तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

Logo