लिभरपुललाई ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’ प्रदान

लिभरपुललाई ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’ प्रदान

केन्द्रबिन्दु
399
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित लिभरपुल इन्टरनेशनल सेकेण्डरी स्कुलले यस वर्षको ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’ प्राप्त गरेको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा लिभरपुल स्कुललाई उक्त प्रतिष्ठित विधाबाट सम्मानित गर्ने निर्णय भएकाे हो।

लिभरपुल एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित यस स्कुलले कक्षा ११ र १२ का साथै मन्टेश्वरीदेखि स्नातक तहसम्मका विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विशेषगरी स्कुलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।

शिक्षालाई पुनः परिभाषित गर्ने लक्ष्य बोकेको लिभरपुलले विद्यार्थीहरूमा नवाचार र आलोचनात्मक सोचको विकासलाई प्राथमिकता दिएको छ।

शिक्षालाई पुनः परिभाषित गर्ने लक्ष्य बोकेको लिभरपुलले विद्यार्थीहरूमा नवाचार र आलोचनात्मक सोचको विकासलाई प्राथमिकता दिएको छ। स्कुलले विश्वभरका उत्कृष्ट मेन्टरहरूसँग विद्यार्थीहरूलाई जोड्दै प्रयोगात्मक र व्यावहारिक सिकाइमा जोड दिँदै आएको छ। किफायती शुल्कमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विश्वस्तरीय शिक्षा प्रदान गर्नु यस स्कुलको मुख्य विशेषता हो।

विद्यार्थीहरूको सिकाइ अनुभवलाई प्रभावकारी बनाउन लिभरपुलले आधुनिक स्मार्ट कक्षाकोठाहरू, सुविधासम्पन्न विज्ञान प्रयोगशालाहरू, समृद्ध पुस्तकालय र उच्च गतिको सूचना प्रविधि केन्द्रको व्यवस्था गरेको छ। यी पूर्वाधारहरूले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक अभ्यासमा समेत निपुण बनाउन मद्दत पुर्‍याएका छन्।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo