आईएसटी सेकेन्डरी स्कुललाई यस वर्षको ‘बेस्ट प्लस टु अवार्ड’

आईएसटी सेकेन्डरी स्कुललाई यस वर्षको ‘बेस्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । आधुनिक शिक्षण पद्धति र उत्कृष्ट शैक्षिक नतिजाका लागि ख्याति कमाएको आईएसटी सेकेन्डरी स्कुलले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. द्वारा आयोजना हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा आईएसटीलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो।

काठमाडौंको ज्ञानेश्वरमा अवस्थित आईएसटी सेकेन्डरी स्कुलले विशेषगरी विज्ञान, व्यवस्थापन संकायहरूमा आधुनिक प्रविधिको प्रयोग गरी अध्यापन गराउँदै आएको छ। कलेजको मुख्य विशेषता उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी शिक्षक शिक्षिकाहरूको समूह र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि गरिएका नवीन प्रयासहरू हुन् ।

नेपालका थोरै मात्र शैक्षिक संस्थाहरूले यस्तो आँट गरेका छन्, जहाँ कक्षा १२ को अन्तिम परीक्षा दिए लगत्तै विद्यार्थीहरूलाई व्यावसायिक जगतको प्रत्यक्ष अनुभव दिलाइन्छ । जसअन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरूले प्रतिष्ठित ४ तारे होटलहरूमा ३ देखि ६ महिनाको इन्टर्नसिप गर्ने अवसर पाउँछन् ।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo