काठमाडौं। पछिल्लो समय अष्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षा अध्ययनको प्रमुख र लोकप्रिय गन्तव्यका रूपमा स्थापित भइरहेको छ। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण, बहुसांस्कृतिक समाज, अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री र बलियो करियर अवसरका कारण नेपाली विद्यार्थी तथा अभिभावकहरूको आकर्षण अष्ट्रेलियातर्फ लगातार बढ्दो छ। यही सन्दर्भमा, अष्ट्रेलियामा उच्च शिक्षा प्रदान गर्दै आएको संस्था ‘नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स) नेपाली विद्यार्थीका लागि एक विश्वासिलो, रोजगारमुखी र भविष्य केन्द्रित विकल्पका रूपमा अगाडि आएको छ।
न्याप्स अष्ट्रेलियामा दर्ता भएको एक प्रतिष्ठित उच्च शिक्षा प्रदायक संस्था हो। यस संस्थाले सिड्नी र मेलबर्न जस्ता प्रमुख सहरहरूमा आफ्नो शैक्षिक उपस्थिति बलियो बनाएको छ। विद्यार्थीलाई केवल शैक्षिक डिग्री मात्र दिने नभई उनीहरूको सीप, आत्मविश्वास, व्यावहारिक अनुभव, र रोजगारीको क्षमता विकास गर्दै भविष्यको करियर मार्ग निर्माण गर्नु यसको मुख्य उद्देश्य रहेको छ।
न्याप्सको एउटा विशेष र बलियो पहिचान भनेको यसको नेपाली समुदायसँगको गहिरो सम्बन्ध हो। यस संस्थामा शिक्षा क्षेत्रका अनुभवी नेपाली प्राज्ञ तथा लगानीकर्ताहरू सुमन भेटवाल र मातृका बिमोली लगायतको व्यावसायिक सहभागिता रहेको छ। करिब २५ वर्षअघि पूर्वी नेपालको विद्यालयबाट सुरु भएको उनीहरूको शैक्षिक यात्रा आज अष्ट्रेलियाको उच्च शिक्षा क्षेत्रमा एक सफल संस्थागत उपस्थितिका रूपमा रूपान्तरण भएको छ।

यस शैक्षिक समूहअन्तर्गत व्यावसायिक शिक्षातर्फ हार्बर कलेज, वेस्र्टन सिड्नी कलेज र टीकेएल कलेज जस्ता भिईटी कलेजहरू समेत सञ्चालनमा छन्। हाल यस सिङ्गो शैक्षिक समूहमा करिब २,६०० विद्यार्थी अध्ययनरत छन् भने ५,००० भन्दा बढी पूर्व विद्यार्थी तयार भइसकेका छन्। यो सफलतालाई नेपाली लगानी र अष्ट्रेलियन शैक्षिक गुणस्तरको उत्कृष्ट नमुनाका रूपमा हेरिएको छ।

विद्यार्थीहरूको सुविधालाई मध्यनजर गर्दै न्याप्सले सिड्नीका तीनवटा स्थान र मेलबर्नमा एक अत्याधुनिक क्याम्पस सञ्चालन गरिरहेको छ। सिड्नीमा यसको मुख्य क्याम्पस सरी हिल्समा अवस्थित छ भने प्यारामेटाको हाई स्ट्रिट र वेष्टफिल्ड सेन्टरमार्फत पनि शैक्षिक सेवा दिइँदै आएको छ। त्यस्तै, मेलबर्नको क्वीन स्ट्रिटमा पनि यसको व्यवस्थित क्याम्पस सञ्चालनमा छ, जसले विद्यार्थीहरूलाई आधुनिक शैक्षिक वातावरण र व्यावसायिक एक्सपोजर प्रदान गर्दछ।
न्याप्सले वर्तमान विश्वव्यापी रोजगार बजारको माग र विद्यार्थीहरूको रुचिलाई ध्यानमा राख्दै स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ ब्याचलर अफ बिजनेश (अकाउन्टिङ), ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर अफ अर्ली चाइल्डहुड एजुकेसन, ब्याचलर अफ सोसल वर्क, मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी र एमबीएजस्ता विविध पाठ्यक्रमहरू उपलब्ध छन्। विशेषगरी व्यावहारिक सिकाइ, डिजिटल सीप र इन्टर्नसिपसँग जोडिएका कारण ‘अर्ली चाइल्डहुड एजुकेसन’, ‘सोसल वर्क’ र ‘इन्फर्मेसन टेक्नोलोजी’ जस्ता कार्यक्रमहरूमा नेपाली विद्यार्थीको आकर्षण उच्च देखिएको छ।
न्याप्सका पाठ्यक्रमहरू अष्ट्रेलियाका प्रतिष्ठित व्यावसायिक निकायहरूबाट मान्यता प्राप्त छन्। अकाउन्टिङका कार्यक्रमहरू सीपीए अष्ट्रेलिया, सीएएएनजेड र एसीसीएसँग सम्बन्धित छन् भने सोसल वर्क कार्यक्रम एएएसडब्ल्यु र अर्ली चाइल्डहुड एजुकेसन कार्यक्रम एसीईक्यूएसँग जोडिएका छन्। यस्तो व्यावसायिक मान्यताले गर्दा विद्यार्थीहरूलाई अध्ययन पूरा गरेपछि सम्बन्धित क्षेत्रमा लाइसेन्स लिन र करियर अगाडि बढाउन सहज हुने गर्दछ।

यसका साथै नेपाली विद्यार्थी तथा अभिभावकको आर्थिक भार कम गर्न न्याप्सले योग्य विद्यार्थीहरूका लागि एयुडी १४,००० सम्मको आकर्षक छात्रवृत्तिको व्यवस्था समेत गरेको छ।
विद्यार्थीको चौतर्फी विकासका लागि संस्थाले ‘स्किल हब’मार्फत सञ्चार सीप, अन्तर्वार्ता तयारी र नेतृत्व विकास जस्ता तालिमहरू दिँदै आएको छ। साथै, ‘प्रोफेसनल ई-पोर्टफोलियो’मार्फत विद्यार्थीहरूले आफ्ना शैक्षिक उपलब्धि र कार्यअनुभवलाई रोजगारदातासामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छन्। सोसल वर्क र अर्ली चाइल्डहुड जस्ता विषयहरूमा अनिवार्य कार्यथलो अनुभवको व्यवस्था रहेकाले विद्यार्थीहरूले अध्ययनकै क्रममा वास्तविक कार्यवातावरणको अनुभव लिन पाउँछन्।

आगामी दिनमा थप नयाँ कोर्षहरू भित्र्याउने र दीर्घकालीन रूपमा आफूलाई प्रतिष्ठित ‘युनिभर्सिटी कलेज’को रूपमा स्तरोन्नति गर्ने लक्ष्य न्याप्सले लिएको छ। उद्योगहरूसँगको सहकार्य र गुणस्तरीय शिक्षाकै कारण अष्ट्रेलियामा उच्च शिक्षाको खोजीमा रहेका नेपाली विद्यार्थीहरूका लागि न्याप्स एउटा उत्कृष्ट र सुरक्षित गन्तव्य बनिरहेको देखिन्छ।





























प्रतिक्रिया