सेटीगाउँ मावि सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

सेटीगाउँ मावि सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बैतडीको डिलासैनी नगरपालिकास्थित सेटीगाउँ माध्यमिक विद्यालय सुदूरपश्चिम प्रदेशका सामुदायिक विद्यालयमध्ये प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा गुणस्तरीय शिक्षा प्रवाह, उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा सेटीगाउँ माविले उक्त सम्मान प्राप्त गरेको हो।

वि।सं। २०६७ सालमा स्थापना भएको सेटीगाउँ त्रिभुवन विश्वविद्यालयसँग आबद्ध सामुदायिक क्याम्पस हो। बैतडीका दुर्गम तथा पिछडिएका समुदायका विद्यार्थीलाई उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापित क्याम्पसले हाल शिक्षा तथा व्यवस्थापन संकायअन्तर्गत स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ। करिब ४८० विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले सुदूरपश्चिम क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।

क्याम्पसले गुणस्तरीय तथा किफायती शिक्षा, विद्यार्थीकेन्द्रित सिकाइ, शैक्षिक अनुशासन, समावेशी पहुँच तथा सामुदायिक सेवाका मूल्यलाई आत्मसात् गर्दै शैक्षिक उत्कृष्टताको उदाहरण प्रस्तुत गरेको छ। दक्ष तथा समर्पित प्राध्यापक, शान्त शैक्षिक वातावरण र क्रमशः सुधार हुँदै गएको भौतिक पूर्वाधारले क्याम्पसलाई क्षेत्रकै भरोसायोग्य शैक्षिक केन्द्रका रूपमा स्थापित गरेको छ।

केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

Logo