काठमाडौं । काठमाडौंको पकनाजोलमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था एनसीसीएस सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा एनसीसीएसलाई उक्त सम्मान प्रदान गरिएको हो।
नेपालको उच्च माध्यमिक शिक्षा, विशेषगरी व्यवस्थापन र सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एनसीसीएसले प्लस टु तहमा पु¥याएको योगदानलाई कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।
एनसीसीएसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वमा समेत निखार्नु हो। स्कुलले नियमित रूपमा अन्तर(स्कुल खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलाप र नेतृत्व तालिमहरू आयोजना गर्दै आएको छ। यहाँका दक्ष र अनुभवी शिक्षकहरूको समूहले प्रत्येक विद्यार्थीलाई व्यक्तिगत ध्यान दिँदै उनीहरूको प्रगतिलाई निरन्तर पछ्याउने गर्दछन्।
केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।





























प्रतिक्रिया