काठमाडौं । चुच्चेपाटीमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मनास्लु वल्र्ड स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो।
मनास्लुले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरू सामना गर्न सक्ने गरी फ्युचर-रेडी सीपहरू प्रदान गर्दै आएको छ। अनुभवी शिक्षकहरूको टोली र आधुनिक शिक्षण पद्धतिको माध्यमबाट कलेजले विद्यार्थीहरूमा नेतृत्व क्षमता र व्यक्तिगत विकासका अवसरहरू सिर्जना गरेको छ। कलेजको मुख्य उद्देश्य ग्रेड मात्र दिलाउनु नभई जिम्मेवार, आत्मविश्वासी र सक्षम नागरिक उत्पादन गर्नु हो।
विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन कलेजले स्मार्ट कक्षाकोठाहरू, आधुनिक प्रयोगशालाहरू र सुरक्षित शैक्षिक वातावरण उपलब्ध गराएको छ। प्रविधिमैत्री वातावरण र व्यक्तिगत मेन्टरसिपका कारण यहाँका विद्यार्थीहरूले उच्च शिक्षाका लागि आफूलाई सक्षम बनाउँदै आएका छन्।
केन्द्रबिन्दु अनलाइन मिडियाले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने र शैक्षिक स्तर सुधारमा उल्लेख्य भूमिका खेल्ने संस्थाहरूलाई प्रोत्साहन स्वरूप यो अवार्ड प्रदान गर्दै आएको छ।





























प्रतिक्रिया