काठमाडौं । चाबहिलमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था विनायक सिद्ध (भीएस) कलेज यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो।
वि.सं.२०७१ सालमा स्थापना भएको भीएस कलेज चाबहिलले छोटो समयमै गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका कारण आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकाय सञ्चालन गरिरहेको विनायक सिद्ध कलेजले विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान गरी उनीहरूलाई लक्ष्यप्रति केन्द्रित बनाउन विशेष भूमिका खेल्दै आएको छ।
विनायक सिद्ध कलेजको मुख्य विशेषता भनेको केवल पाठ्यक्रम सम्पन्न गराउनु मात्र होइन, विद्यार्थीहरूमा समालोचनात्मक सोच र विश्लेषणात्मक क्षमता गराउनु हो।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।





























प्रतिक्रिया