ब्रिजवाटर सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

ब्रिजवाटर सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा गुणस्तरीय र व्यावहारिक शिक्षाका लागि कहलिएको सिनामङ्गलमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था ब्रिजवाटर सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा ब्रिजवाटरलाई उक्त सम्मान प्रदान गरिएको हो।

सन् २०१० देखि उच्च माध्यामिक शिक्षामा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको ब्रिजवाटरले विशेषगरी विज्ञान, व्यवस्थापन र मानविकी संकायमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । प्रविधिमैत्री कक्षाकोठा, अनुभवी प्राध्यापक र विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक पद्धतिका कारण यो स्कुल धेरैको रोजाइमा पर्ने गरेको छ।

स्कुलको मुख्य विशेषता भनेको यहाँको विद्यार्थीकेन्द्रित शिक्षण पद्धति हो। अनुभवी प्राध्यापकहरूद्वारा सहभागितामूलक विधिबाट अध्यापन गराइने यस स्कुलमा स्मार्ट क्लासरुम, अत्याधुनिक प्रयोगशाला, सुविधासम्पन्न पुस्तकालय र सभाहलको व्यवस्था छ।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo