युक्यानलाई ‘बेस्ट करियर काउन्सिलिङ अवार्ड’

युक्यानलाई ‘बेस्ट करियर काउन्सिलिङ अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विद्यार्थी तथा अभिभावकहरूलाई गुणस्तरीय एवं भरपर्दो करियर परामर्श सेवा प्रदान गर्दै आएको स्थापित संस्था अल्टिमेट कन्सल्टेन्सी एण्ड एड्भाइजरी नेटवर्क (युक्यान) ‘बेस्ट करियर काउन्सिलिङ अवार्ड–२०८३’बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’बीच करियर काउन्सिलिङ क्षेत्रमा व्यावसायिक उत्कृष्टता, सेवाप्रतिको प्रतिबद्धता, विश्वासनीयता तथा विद्यार्थीको भविष्य निर्माणमा खेलेको प्रभावकारी भूमिकाको उच्च मूल्याङ्कन गर्दै युक्यानलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।

काठमाडौंको पुतलीसडकमा रहेको युक्यानले लामो समयदेखि विद्यार्थी तथा अभिभावकलाई शैक्षिक परामर्श, करियर योजना, विदेश अध्ययनसम्बन्धी मार्गदर्शन तथा व्यावसायिक विकासका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। संस्थाले विद्यार्थीलाई उनीहरूको क्षमता, रुचि र भविष्यको लक्ष्यअनुसार उपयुक्त शैक्षिक तथा व्यावसायिक मार्ग छनोट गर्न सहयोग पुर्‍याउँदै आएको छ।

केन्द्रबिन्दुले शैक्षिक परामर्श सेवामा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै हरेक वर्ष परिष्कृत रूपमा यो अवार्ड प्रदान गर्दै आएको छ ।

Logo