काठमाडौं । नेपालको शैक्षिक परामर्श क्षेत्रमा प्रतिष्ठित नाम कमाउन सफल कङ्गारु एजुकेसन कन्सल्टेन्सी ‘पायोनियर इन अस्ट्रेलियन एजुकेसन अवार्ड’बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा मंगलबार ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ को अवसरमा विद्यार्थीको हितलाई केन्द्रमा राखेर प्रदान गरिएको मार्गदर्शन तथा अन्तर्राष्ट्रिय शिक्षाको पहुँच विस्तारमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कङ्गारु एजुकेसन कन्सल्टेन्सीलाई उक्त विधामा सम्मानित गरिएको हो।
काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको कङ्गारु एजुकेसनले लामो समयदेखि नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा उच्च शिक्षाका अवसरबारे परामर्श, अध्ययन गन्तव्य छनोट, विश्वविद्यालय भर्ना प्रक्रिया तथा शैक्षिक मार्गदर्शन प्रदान गर्दै आएको छ। अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा विश्वसनीय र व्यावसायिक सेवा प्रदान गर्दै संस्थाले हजारौँ विद्यार्थीको शैक्षिक यात्रालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
केन्द्रबिन्दुले शैक्षिक परामर्श सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्दै हरेक वर्ष परिष्कृत रूपमा यो अवार्ड प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया