अप्टिमस ग्लोबल एजुकेसनलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी यूके अवार्ड’

अप्टिमस ग्लोबल एजुकेसनलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी यूके अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पुतलीसडकमा अवस्थित शैक्षिक परामर्श दाता अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सी ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी — यूके अवार्ड’बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा मंगलबार ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ को अवसरमा यूके शिक्षा परामर्श क्षेत्रमा व्यावसायिक उत्कृष्टता, विद्यार्थीमैत्री सेवा, उच्च सफलता दर तथा सेवाप्रतिको प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै यस कन्सल्टेन्सीलाई उक्त विधामा सम्मानित गरिएको हो।

अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीले बेलायतमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श, विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया तथा करियर मार्गदर्शनका क्षेत्रमा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ। विद्यार्थीको आवश्यकता र लक्ष्यअनुसार उपयुक्त शैक्षिक अवसर पहिचान गर्न सहयोग पुर्‍याउँदै संस्थाले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा विश्वासिलो पहिचान स्थापित गरेको छ।

केन्द्रबिन्दुले शैक्षिक परामर्श सेवामा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै हरेक वर्ष परिष्कृत रूपमा यो अवार्ड प्रदान गर्दै आएको छ ।

Logo