जेभियर एकेडेमीलाई ‘बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड’

जेभियर एकेडेमीलाई ‘बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लाजिम्पाटमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था जेभियर एकेडेमी यस वर्षको ‘बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ ।

ललितपुरस्थित द प्लाजामा मंगलबार केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा जेभियर एकेडेमीलाई उक्त सम्मान प्रदान गरिएको हो।

जेभियरले आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक समूह तथा विद्यार्थी केन्द्रित सिकाइ प्रक्रियामार्फत शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै आएको छ। साथै, शैक्षिक उपलब्धिसँगै अतिरिक्त तथा सहपाठ्य गतिविधिमा समेत उल्लेखनीय सफलता हासिल गर्दै आएको छ।

विद्यार्थीसँग अन्तरक्रियात्मक सहभागितामा शिक्षण विधिलाई प्रभावकारी र दीगो बनाउँदै लगेको यो एकेडेमीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायअन्तर्गत पठनपाठन गराउँदै आएको छ । जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ ।

केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।

Logo