काठमाडौं । काठमाडौंको चाबहिलमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था रिलायन्स इन्टरनेसनल एकेडेमी यस वर्षको ‘कन्सिस्टेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा रिलायन्सलाई उक्त सम्मान प्रदान गरिएको हो।
रिलायन्स इन्टरनेसनल एकेडेमीले आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक टोली तथा विद्यार्थीकेन्द्रित सिकाइ प्रणालीमार्फत शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै आएको छ।
उतारचढावबिना हरेक वर्ष लगातार उच्च प्राज्ञिक प्रदर्शन कायम राख्नु नै यस संस्थाको मुख्य विशेषता रहँदै आएको छ। विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन हुने यो शिक्षण संस्थामा कक्षा ११ र १२ मा भने विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुने गरेको छ ।
उत्कृष्ट एवं अनुभवी प्राध्यापक टोली, व्यावहारिक शिक्षण पद्धति, अनुशासित वातावरण र विद्यार्थीहरूको शैक्षिक जग बलियो बनाउन संस्थाले पु¥याएको अथक योगदानको उच्च कदर गर्दै यो सम्मान दिन लागिएको हो । रिलायन्सले विद्यार्थीहरूको बौद्धिक विकासका साथै उनीहरूको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापलाई पनि निरन्तर जोड दिँदै आएको छ।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।





























प्रतिक्रिया