काठमाडौं । बबरमहलमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नेपाल मेगा कलेज यस वर्षको ‘बेस्ट इनोभेटिभ टिचिङ प्राक्टिसेस अवार्ड’बाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा नेपाल मेगा कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो।
यस शैक्षिक संस्था विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक टोली तथा नवप्रवर्तनमुखी शिक्षण अभ्यासका कारण विद्यार्थी र अभिभावकमाझ लोकप्रिय रहँदै आएको छ।
कलेजले विद्यार्थीहरूलाई घोकन्ते विद्यामा मात्र सीमित नराखी ‘प्रोजेक्ट बेस्ड लर्निङ’, प्रयोगात्मक अभ्यास र डिजिटल प्रविधिको उच्चतम प्रयोगमार्फत अध्यापन गराउँदै आएको छ।
विद्यार्थीहरूको सिर्जनशीलता प्रस्फुटन गराउन कलेजले अपनाएको नवीन शैली, प्राज्ञिक उत्कृष्टता र कर्पोरेट क्षेत्रसँगको सामीप्यतालाई नै यो अवार्डको मुख्य आधार बनाइएको हो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउनुका साथै विद्यार्थीलाई २१औँ शताब्दीको बजार सुहाउँदो नेतृत्वदायी क्षमता प्रदान गर्न कलेजले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
केन्द्रबिन्दु डटकमले हरेक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई छनोट गरी सम्मान गर्दै आएको छ।





























प्रतिक्रिया